Homeप्रविधि खबर

नेपाल टेलिकमको एन्ड्रोइड एप, ब्यालेन्स राख्न र ट्रान्सफर गर्न सजिलो

Screen Shot 2014-02-06 at 20.52.54नेपाल टेलिकमले प्रबिधिकै व्यापार गर्ने भएपनि कम्पनी आफै भने प्रबिधिबाट निकै टाढा भए झैँ देखिन्छ । केहि समय पहिलेमात्र ट्रायल फेसबुक पेज भनेर आफ्नो अफिसियल पेज खोलेको टेलिकमले आफ्नो दशौँ बार्षिकोत्सबको अवसरमा एन्ड्रोइड एप सार्वजनिक गरेको छ (टेलिकमको एन्ड्रोइड एप डाउनलोड गर्न क्लिक गर्नुहोस्) । टेलिकमको समाचार र अन्य गतिबिधीको अपडेटसँगै विशेष यसमा ब्यालेन्स भर्ने र ट्रान्सफर गर्ने फिचर राखिएको छ ।

तर अहिले नै यसमा ब्यालेन्स भर्ने सुविधा चै छैन । पछि विस्तारै थप फिचरहरु थपिदै जालान् । तर पनि अब ब्यालेन्स भर्न र ट्रान्सफर गर्न अरु केहि थप कोडहरु सम्झिरहन आवश्यक हुन्न । यसले अहिलेलाई पनि केहि सजिलो भने बनाएको नै छ । यो एपको ब्यालेन्स रिचार्ज भन्ने अप्सन मार्फत अन्य कोडहरुको फर्मेट टाइप नगरी ब्यालेन्स रिचार्ज गर्न सकिन्छ ।

नेपाल टेलिकमको फेसबुक पेज लाइक गर्नुहोस्

दशौँ बार्षिकोत्सब ? टेलिकम त पहिलेको होइन र ?
यो पहिले सरकारको पुर्ण स्वामित्वको संस्थानका रुपमा थियो । २०३२ सालमा स्थापना भएको नेपाली दुरसञ्चार संस्थानलाई स्थापनाको २९ बर्ष पछि २०६१ सालमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेडका रुपमा रुपान्तरण गरिएको थियो । यसरी हिसाब गरेर नेपाल टेलिकमले आफ्नो १० औँ बार्षकोत्सव मनाएको हो ।

नमस्ते, म गणेश कार्की । म बितेका केहि बर्षदेखि नियमित रुपमा ब्लग लेख्दै आएको छु । कम्प्युटरको सामान्य ज्ञान बाहेक थप जानकारी नभएको कारण मैले सिकाइ अवधिमा सानो सानो कुरामा पनि निकै दुख ब्योहोरेको छु । यो क्रम जारी छ अझै । यहाँ आफुले जानेका र सिकेका सकेसम्म धेरै कुराहरु समेट्नेछु । प्राविधिक ज्ञान नभएको म जस्तै अर्को सिकारुले मैले झैँ स-साना कुरामा अनावश्यक दुख भोग्नु नपरोस्, अंग्रेजी नजानेकै कारण सूचना प्रबिधिबाट कोही नेपाली ‘यो युग’बाट टाढा बस्नु नपरोस् । मेरो इच्छा यति हो । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

ganesh karki – who has written posts on Nepali Tech Blog.


Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)