Homeछुट तथा अफर

होस्टग्याटरको ५० प्रतिशत डिस्काउन्ट – आजको लागि मात्र (अफर सकियो)

snappy_cyclist_blogहोस्टग्याटर वर्डप्रेस वेबहोस्टिङमा सबैभन्दा मन पराइएको कम्पनी मध्येको एक हो । गुणस्तरिय वेबहोस्टिङका लागि यसले विभिन्न समयमा धेरै अवार्डहरु पनि जितेको छ । मैले केहि ब्लगहरु होस्टग्याटरमा होस्ट गरेको छु । सस्तो मुल्यमा पाइने तर अचम्मै राम्रो सुविधा दिने वेबहोस्टिङ हो यो । यसले अनलिमिटेड होस्टिङ, अनलिमिटेड ब्यान्डविथ, जति पनि डोमेन थप्न मिल्ने, स्टान्डर्ड कन्ट्रोल प्यानल लगायत एउटा फ्रि डोमेन पनि दिन्छ । वर्डप्रेसले सिफारिस गरेका केहि आधिकारिक वेबहोस्टिङ पनि हो यो ।

पढ्नुहोस् : किन किन्ने होस्टिङ ?

यो कम्पनीको सपोर्ट सिस्टम भने मन हर्ने छ । यदि तपाई वेब होस्टिङका बारेमा सामान्य ज्ञान पनि राख्नु हुन्न अनि केहि समस्या आए कसरी समाधान गर्ने केहि जान्नु हुन्न भने होस्टग्याटर वरदान हो । यसको सपोर्ट सिस्टममा लाइभ च्याट गर्नुस् वा फोन, तपाईका समस्या तुरुन्त समाधान गरिदिन्छन् । मैले मेरो एउटा साइटमा अनावश्यक प्लगिन राखेर समस्या आयो । मैले लाइभ च्याटमा गएर समस्या बताएँ, तिनीहरुले २ घण्टाभन्दा बढि समय लगाएर पुरै साइट ठिक बनाइदिए ।

आज यही होस्टिङ ५० प्रतिशत छुटमा आएको छ । होस्टग्याटरको ब्लगमा लेखिए अनुसार अमेरिकन रेड क्रसको मासिक कार्यक्रम सफल बनाउँनका लागि यो छुट योजना ल्याइएको हो । आज विक्री हुने हरेक होस्टिङबाट एक डलर अमेरिकन रेड क्रसलाई चन्दा दिइनेछ ।

मौका सहि छ । किन्ने होइन त ? होस्टग्याटरको वेब होस्टिङ ? थप जानकारीका लागि तलको फोटोमा क्लिक गर्नुहोस् ।

Screen Shot 2014-03-25 at 09.12.02

थप जानकारीका लागि : ५० प्रतिशत छुटमा होस्टग्याटर

नमस्ते, म गणेश कार्की । म बितेका केहि बर्षदेखि नियमित रुपमा ब्लग लेख्दै आएको छु । कम्प्युटरको सामान्य ज्ञान बाहेक थप जानकारी नभएको कारण मैले सिकाइ अवधिमा सानो सानो कुरामा पनि निकै दुख ब्योहोरेको छु । यो क्रम जारी छ अझै । यहाँ आफुले जानेका र सिकेका सकेसम्म धेरै कुराहरु समेट्नेछु । प्राविधिक ज्ञान नभएको म जस्तै अर्को सिकारुले मैले झैँ स-साना कुरामा अनावश्यक दुख भोग्नु नपरोस्, अंग्रेजी नजानेकै कारण सूचना प्रबिधिबाट कोही नेपाली ‘यो युग’बाट टाढा बस्नु नपरोस् । मेरो इच्छा यति हो । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

ganesh karki – who has written posts on Nepali Tech Blog.


Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)