Homeमोबाइल

इन्टरनेट बिना म्यासेज गर्न सकिने मोबाइल एप

firechat photoहामी स्कुल पढ्दा मोबाइल के हो थाहा सम्म थिएन । तर साथीहरुबिच च्याटिङ नै नहुने भने हुन्थेन । हाम्रो स्कुले जीवनमा कागजका टुक्रामा लेखेर पेपर च्याटिङ गर्थ्यौँ । कागजमा लेख्दै एक अर्काले पास गर्दै पुर्याइन्थ्यो । अहिले हात हातमा मोबाइल भएपनि पेपर च्याटिङको जमाना सकि गएको भने छैन । हुन त, भाइबर, फेसबुक म्यासेज, स्नापच्याट आदि धेरै छन् म्यासेज गर्न सकिने मोबाइल एपहरु । फरक फरक विशेषता भएका यी एपहरुको समानता भनेको इन्टरनेट हो । सबै म्यासेजिङ एपहरुलाई प्रयोग गर्न म्यासेज पठाउँने र पाउँने दुवैको मोबाइल वा डिभाइसमा इन्टरनेट जोडिएको भने हुनै पर्छ । वाइफाइ नभएको कक्षाकोठामा खर्च गरि गरि मोबाइल इन्टरनेटबाट वा एसएमएसबाट लामो समय च्याट गर्नु सँधै भरि सम्भव हुने कुरा पनि भएन । यसैले पैसाको बचत गर्ने उत्तम विकल्प भनेको पेपर च्याटिङ नै हो अहिले पनि ।

तर यसको विकल्प पनि छ ।

आज यहाँ पेपर च्याटिङको विकल्पमा प्रयोग गर्न सकिने मोबाइल एपको बारेमा चर्चा गर्दैछु । सो एपमा इन्टरनेट बिना म्यासेज गर्न सकिन्छ र यसलाई मोबाइलमा राख्न पैसा पनि लाग्दैन । यसका लागि म्यासेज पठाउँने र पाउँने दुवैको डिभाइसमा यो एप इन्सटल भएको हुनु पर्छ । सो एपको नाम हो फायरच्याट । गुगलको प्ले स्टोर वा एप्पल स्टोरमा firechat सर्च गरेर तपाइले यो एप आफ्नो डिभाइसमा इन्सटल गर्न सक्नु हुन्छ (डाउनलोड गर्ने लिंक तल दिइएको छ ।) । यो सित्तैमा पाइने एप हो ।

 

इन्टरनेट बिना कसरी पठाउँछ म्यासेज ?

इन्टरनेटको सट्टा यसले तपाईको मोबाइलको ब्लूतुथ प्रयोग गर्छ । यसैले म्यासेज पठाउँन वा पाउँन तपाईको मोबाइलको ब्लूतुथ सक्रिय भएको हुनु पर्छ । यसको कमजोरी भनेको ब्लूतुथको परिधिभित्रमात्रै म्यासेज पठाउँन र पाउँन सकिने हुनु हो । यसले तपाईको कक्षाकोठाभित्र म्यासेज लिन र पठाउँन भने उपयुक्त हुन्छ ।

कक्षाकोठा भित्र साथीभाइसँग च्याटिङ गर्न यो भन्दा राम्रो विकल्प अरु कुनै हुन्छ र ? सित्तैमा जति पनि म्यासेज गरे भयो । कागजमा लेखेर चलखेल त गरिरहनु पर्दैन ।

 

एन्ड्रोइड मोबाइलमा डाउनलोड गर्न यो लिंकमा क्लिक गर्नुहोस् ।

एप्पल स्टोरबाट डाउनलोड गर्न यो लिंकमा क्लिक गर्नुहोस्

 

तपाई यो जानकारी उपयोगी लागे यो लेखको लिंक फेसबुक या ट्विटरमा सेयर गर्न नभुल्नु ल ।

नमस्ते, म गणेश कार्की । म बितेका केहि बर्षदेखि नियमित रुपमा ब्लग लेख्दै आएको छु । कम्प्युटरको सामान्य ज्ञान बाहेक थप जानकारी नभएको कारण मैले सिकाइ अवधिमा सानो सानो कुरामा पनि निकै दुख ब्योहोरेको छु । यो क्रम जारी छ अझै । यहाँ आफुले जानेका र सिकेका सकेसम्म धेरै कुराहरु समेट्नेछु । प्राविधिक ज्ञान नभएको म जस्तै अर्को सिकारुले मैले झैँ स-साना कुरामा अनावश्यक दुख भोग्नु नपरोस्, अंग्रेजी नजानेकै कारण सूचना प्रबिधिबाट कोही नेपाली ‘यो युग’बाट टाढा बस्नु नपरोस् । मेरो इच्छा यति हो । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

ganesh karki – who has written posts on Nepali Tech Blog.


Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)