Homeप्रविधि खबर

के मेरो कम्प्युटरमा विन्डोज १० डाउनलोड गर्न पाउँछु ?

कम्प्युटरहरुमा सर्वाधिक प्रयोग गरिने अपरेटिङ सिस्टम विन्डोजको अब आउँन लागेको संस्करणको नाम हो, विन्डोज १० । अहिलेसम्मको सबैभन्दा पछिल्लो संस्करण विन्डोज ८.१ हो तर विन्डोजका दुइ पछिल्ला संस्करणहरु विन्डोज ८ र ८.१ प्रयोगकर्ताले त्यति धेरै रुचाएनन् । बरु ति भन्दा अघिल्लो संस्करण विन्डोज ७ रुचाउँनेको संख्या निकै ठुलो छ । हुन त अझै पनि विन्डोजका निकै अगाडीका संस्करणहरु विन्डोज भिस्टा र विन्डोज एक्सपी चलाइरहनेहरुको संख्या पनि कम भने छैन ।

तर बद्लिदो प्रबिधिमा अद्यावधिक गर्दै माइक्रोसफ्टले आफ्नो नयाँ नयाँ अपरेटिङ सिस्टमहरु ल्याइरहन्छ । यसैको निरन्तरता हो, विन्डोज १० । विन्डोज १० आउँदो जुलाई २९ (साउन १३) मा सार्वजानिक गर्दैछ । परिक्षणका रुपमा विन्डोज १० चलाएका प्रयोगकर्ताहरुले माइक्रोसफ्टले विन्डोज ८ र ८.१ को असफलताबाट ठुलो पाठ सिकेको र विन्डोज १० वास्तवमै एकदमै सजिलो र उन्नत किसिमको रहेको प्रतिक्रिया दिइरहेका छन् ।

अझ रमाइलो त के छ भने यस अघि आफ्ना सबै विन्डोजका संस्करण विक्रि गर्दै आएको माइक्रोसफ्टले यसपटक विन्डोज १० आफ्ना प्रयोगकर्तालाई निशुल्क दिने भएको छ । यसैले जो माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टमको प्रमाणित प्रयोगकर्ताहरु हुनुहुन्छ तिनले सित्तैमा विन्डोज १० मा अपग्रेड हुन पाउँनु हुनेछ । तर याद राख्नुहोला, सबैलाई सित्तैमा होइन । यसका लागि तपाईले जेन्युन विन्डोज चलाइरहेको हुनुपर्छ, त्यो पनि विन्डोज ७ पछाडीका संस्करण ।

windows 10 update upgrade and download free steps nepali

सजिलोको लागि, यदि तपाईको कम्प्युटरमा विन्डोज ७ वा ८.१ को जेन्युन कपि चलिरहेको छ भने तपाईले विन्डोज १० मा अपग्रेड हुनका लागि निशुल्क लाइसेन्स पाउँनु हुनेछ । तर तपाईले ति संस्करणको पाइरेटेड कपि चलाइरहनु भएको छ वा विन्डोजका पुराना संस्करण भिस्टा वा एक्सपी चलाइरहनु भएको छ भने तपाईले विन्डोज १० को नयाँ लाइसेन्स किन्नु पर्ने छ । विन्डोज १० होम (Windows 10 Home) लाई ११९.९९ डलर पर्छ भने विन्डोज १० प्रो (Windows 10 Pro) लाई १९९.९९ डलर पर्छ ।

यदि तपाई विन्डोजका पछिल्ला नयाँ संस्करणसँग झस्किनु भएको छ र आफुसँग भएको विन्डोजलाई फर्म्याट नगरि विन्डोज १० परिक्षण गर्न चाहनुहुन्छ भने तपाई विन्डोज इन्साइडर प्रोगाम (Windows Insider program) मा दर्ता भएर विन्डोज १० आइएसओ डाउनलोड गर्न सक्नुहुन्छ जसलाई भर्च्युल बक्स (VirtualBox)को प्रयोग गररेर आफ्नो कम्प्युटरमा चलाउँन सक्नुहुनेछ । जब विन्डोज १० को पुर्ण संस्करण उपलब्ध हुन्छ, तपाईको यो परिक्षण संस्करण स्वत: पुर्ण संस्करणद्धारा विस्थापित हुनेछ ।

विन्डोज १० का बारेमा थप जानकारीका लागि विन्डोजको आधिकारिक ब्लगमा गएर थाहा पाउँन सक्नु हुनेछ । अथवा, विन्डोज इन्साइडर प्रोग्राममा गएर तपाईले विन्डोज १० को परिक्षण संस्करण पनि प्रयोग गर्न सक्नुहुनेछ ।

नमस्ते, म गणेश कार्की । म बितेका केहि बर्षदेखि नियमित रुपमा ब्लग लेख्दै आएको छु । कम्प्युटरको सामान्य ज्ञान बाहेक थप जानकारी नभएको कारण मैले सिकाइ अवधिमा सानो सानो कुरामा पनि निकै दुख ब्योहोरेको छु । यो क्रम जारी छ अझै । यहाँ आफुले जानेका र सिकेका सकेसम्म धेरै कुराहरु समेट्नेछु । प्राविधिक ज्ञान नभएको म जस्तै अर्को सिकारुले मैले झैँ स-साना कुरामा अनावश्यक दुख भोग्नु नपरोस्, अंग्रेजी नजानेकै कारण सूचना प्रबिधिबाट कोही नेपाली ‘यो युग’बाट टाढा बस्नु नपरोस् । मेरो इच्छा यति हो । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

ganesh karki – who has written posts on Nepali Tech Blog.


Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)