Homeसफ्टवेयर

क्रोममा गुगल र जिमेल खुल्दैन ? यसो गर्नुस्

अनेक समस्याहरु आइपर्छन् कम्प्युटरमा । भर्खरै नयाँ गुगल क्रोम इन्स्टल गरेँ । अचम्म, क्रोममा सबै वेबसाइट खुल्छन् तर गुगल डट कम र जिमेल भने मरिगए खुल्दैन । यस्तो देखिन्छ ।

google-chrome-disconnect

अरु ब्राउजरबाट भने मज्जाले गुगल खुलिरहेको थियो । रिस्टार्ट गरेपछि भने क्रोममै पनि खुल्यो गुगल र जिमेल । तर फेरि एकछिनमा नचल्ने । के चैँ भएको रहेछ भनेर गुगल गरि हेरेँ । अन्तमा थाहा भयो क्रोमको यो दोषलाई सजिलै हटाउँन सकिन्छ भनेर ।

यो खराबीलाई सकेट इरर् भनिदो रहेछ । माथि तस्विरको तल्लो भागमा लेखिएको छ – Error 15 (net::ERR_SOCKET_NOT_CONNECTED): Unknown error

कसरी खराबी ठिक गर्ने ?

यसलाई ठिक गर्न निकै सजिलो छ । क्रोम खोल्नुहोस् र एड्रेसबारमा chrome://net-internals लेखेर इन्टर हान्नुहोस् । त्यसपछि यस्तो देखिनेछ –

chrome-socket-fix

त्यसपछि Sockets मा क्लिक गर्नुहोस् ।

screenshot1

अब Flush Socket Pools मा क्लिक गर्नुहोस् ।

screenshot2

यति गरेपछि तपाईको क्रोममा भएको समस्या समाधान भइसक्छ । अब आफ्नो क्रोममा बिना समस्या गुगल र जिमेल खोल्नुहोस् ।

नोट : यो पोस्ट अप्रिल १०, २०१३ मा मेरो अर्को ब्लग पानीफोटोमा प्रकाशित गरेको थिएँ । प्रबिधिसँग सम्बन्धित ब्लग भएकाले यहाँ पनि पोस्ट गरेको हुँ ।

नमस्ते, म गणेश कार्की । म बितेका केहि बर्षदेखि नियमित रुपमा ब्लग लेख्दै आएको छु । कम्प्युटरको सामान्य ज्ञान बाहेक थप जानकारी नभएको कारण मैले सिकाइ अवधिमा सानो सानो कुरामा पनि निकै दुख ब्योहोरेको छु । यो क्रम जारी छ अझै । यहाँ आफुले जानेका र सिकेका सकेसम्म धेरै कुराहरु समेट्नेछु । प्राविधिक ज्ञान नभएको म जस्तै अर्को सिकारुले मैले झैँ स-साना कुरामा अनावश्यक दुख भोग्नु नपरोस्, अंग्रेजी नजानेकै कारण सूचना प्रबिधिबाट कोही नेपाली ‘यो युग’बाट टाढा बस्नु नपरोस् । मेरो इच्छा यति हो । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

ganesh karki – who has written posts on Nepali Tech Blog.


Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)