Homeप्रविधि खबर

बजेट ०७२/०७३ मा सूचना प्रबिधि

buget 072 nepalपुर्वाग्रही हुनु राम्रो होइन तर विगतलाई नहेरी वर्तमानलाई मुल्याकंन गर्ने निरपेक्ष विधि थाहा छैन । यसपाली पेश भएको बजेटको मुल्याकंनमा पनि यो लागू भयो । कांग्रेस र एमालेको सरकार छ । र, अर्थमन्त्री छन् रामशरण महत । नेपालमा सबैभन्दा बढि पटक बजेट पेश गर्न पाउँने भाग्यमानी यीनै हुन् । यो पटकसम्म ८ पटक भइसक्यो यीनले बजेट पेश गरेको । यीनले पछ्याउँने अर्थनीति पहिलो पटक यीनले बजेट पेश गर्दा जे थियो, अहिले पनि त्यही छ । समाज जहाँ पुगोस् वा अवश्था जस्तोसुकै परिवर्तित होस्, यीनलाई त्यसको मलतब खासै हुन्न । यसैले यीनले पेश गर्ने बजेटमा यस्तै कुराहरु आउलान् भनेर अनुमान गर्न त्यति विघ्न गाह्रो नहोला पनि । भयो ठ्याक्कै त्यस्तै ।

फरक कोणबाट फरक फरक धारणाहरु बनेका छन् । यहाँ ति धारणाहरु लेख्न खोजिएको भने होइन । मात्र सूचना प्रविधिका सम्बन्धमा बजेटमा के कस्ता कार्यक्रम ल्याइयो र कति बजेट छुट्याइयो भन्ने देखाउँन खोजिएको हो ।

पहिलेका बजेटहरुमा

यस अगाडीका बजेटहरुमा गफैमात्रमा सिमित भएपनि केहि कार्यक्रमहरु पेश गरिएको थियो । जस्तै : निश्चित सिमा तोकेर इन्टरनेट बैंकिङका लागि पेपाल प्रयोग गर्न दिइने, सरकारले होस्टिङ कम्पनी सुरु गर्ने, डाटा संरक्षणका लागि सरकारी क्लाउड बनाइने आदि आदि । कतिपय कार्यक्रमहरु यसरी हचुवाका भरमा लेखिएका थिए कि बुझ्नेले पढेर पेट मिचिमिचि हास्न काफी थिए । तर हचुवाकै भरमा पाना भर्नका लागि मात्रै लेखिए पनि सूचना प्रबिधिलाई सरकारले चिन्छ है भन्नसम्म पाइने स्थिति भने थियो ।

अहिलेको बजेटमा

८९. ग्रामीण दुरसञ्चार प्रविधि कोषको रकम समेत उपयोग गरी भूकम्प प्रभावित जिल्लाहरुमा ब्रोडब्याण्ड इन्टरनेट सुविधा उपलब्ध गराई जिल्ला सदरमुकाम लगायत नगरपालिकाहरुलाई सूचना प्रविधियुक्त सहरको रुपमा विकास गरिनेछ ।

२२४. ग्रामीण दुरसञ्चार विकास कोषको रकम उपयोग गरी मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याई स्मार्ट सिटी निर्माण कार्यको थालनी गरिनेछ । ग्रामीण सूचना केन्द्रहरु स्थापना गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।

१७५. ग्रामीण र दुर्गम क्षेत्रका १०० सामुदायिक विद्यालयहरुमा परीक्षणको रुपमा ब्रोडब्याण्ड इण्टरनेटका माध्यमबाट अंग्रेजी, विज्ञान र गणित विषयको अध्यापन शुरु गरिनेछ । यसबाट ती विद्यालयका विद्यार्थीहरुको शिक्षाको गुणस्तरमा वृद्धि हुने अपेक्षा राखेको छु ।

सुरु नै नभइ हटाइए पहिलेका योजना

पहिलेका केहि कार्यक्रमले यसपाली निरन्तरता पाएर सम्पन्न होलान् भन्ने आशा थियो । तर वास्तवमा त्यसको उपयोगिताका बारेमा नजरअन्दाज गरिदिएकाले कतिपय पुराना योजनाहरु अलपत्र पारिए ।

सिमा सहितको पेपाल प्रयोग, होस्टिङ कम्पनी, सरकारी क्लाउड जस्ता यसअगाडी समेटिएका योजनाहरु यसपालीको बजेटमा कतै लेखिएन ।

उदाहरणका लागि सरकारी वेवास्ता हुँदाहुँदै पनि व्यक्तिगत पहलमा नेपालको प्रविधि निकै अगाडी बढिसकेको छ तर पेपाल जस्ता अनलाइन पेमेन्ट गर्न वा पैसा लिनका लागि आवश्यक माध्यम नहुँदा नेपालबाटै गर्न सकिने आम्दानी सबैको पहुँचमा पुग्न पाएको छैन ।

तपाईको पालो

मैले छुटाएका र तपाईले भन्नु पर्ने कुराहरु तल कमेन्टमा लेख्नुहोला ।

नमस्ते, म गणेश कार्की । म बितेका केहि बर्षदेखि नियमित रुपमा ब्लग लेख्दै आएको छु । कम्प्युटरको सामान्य ज्ञान बाहेक थप जानकारी नभएको कारण मैले सिकाइ अवधिमा सानो सानो कुरामा पनि निकै दुख ब्योहोरेको छु । यो क्रम जारी छ अझै । यहाँ आफुले जानेका र सिकेका सकेसम्म धेरै कुराहरु समेट्नेछु । प्राविधिक ज्ञान नभएको म जस्तै अर्को सिकारुले मैले झैँ स-साना कुरामा अनावश्यक दुख भोग्नु नपरोस्, अंग्रेजी नजानेकै कारण सूचना प्रबिधिबाट कोही नेपाली ‘यो युग’बाट टाढा बस्नु नपरोस् । मेरो इच्छा यति हो । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

ganesh karki – who has written posts on Nepali Tech Blog.


Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)