Homeछुट तथा अफर

होस्टग्याटरको होस्टिङमा ६० प्रतिशत छुट (Flash Sale)

होस्टग्याटरको ६० प्रतिशत छुट पाउँन यहाँ क्लिक गर्नुहोस्

होस्टिङ सेवाहरु सामान्यतया महगों नै हुने गर्छ तर बेला बेलामा आउँने छुटहरुले होस्टिङहरु निकै सस्तो पनि पाउँन सकिन्छ । आज त्यस्तै छुटको अवसर छ । होस्टग्याटरले आज तिन घण्टाको लागि छुट ल्याएको छ । यो नेपाली समय अनुसार रातको १ बजेदेखि ४ बजेसम्म रहनेछ ।

होस्टग्याटरको होस्टिङ कस्तो छ ?

होस्टग्याटर, वर्डप्रेस वेबहोस्टिङमा सबैभन्दा मन पराइएको कम्पनी मध्येको एक हो । गुणस्तरिय वेबहोस्टिङका लागि यसले विभिन्न समयमा धेरै अवार्डहरु पनि जितेको छ । मैले केहि ब्लगहरु यसमामा होस्ट गरेको छु । सस्तो मुल्यमा पाइने तर अचम्मै राम्रो सुविधा दिने वेबहोस्टिङ हो यो । यसले अनलिमिटेड होस्टिङ, अनलिमिटेड ब्यान्डविथ, जति पनि डोमेन थप्न मिल्ने, स्टान्डर्ड कन्ट्रोल प्यानल लगायत एउटा फ्रि डोमेन पनि दिन्छ । वर्डप्रेसले सिफारिस गरेका केहि आधिकारिक वेबहोस्टिङ पनि हो यो ।

यो कम्पनीको सपोर्ट सिस्टम भने मन हर्ने छ । यदि तपाई वेब होस्टिङका बारेमा सामान्य ज्ञान पनि राख्नु हुन्न अनि केहि समस्या आए कसरी समाधान गर्ने केहि जान्नु हुन्न भने होस्टग्याटर वरदान हो । यसको सपोर्ट सिस्टममा लाइभ च्याट गर्नुस् वा फोन, तपाईका समस्या तुरुन्त समाधान गरिदिन्छन् । मैले मेरो एउटा साइटमा अनावश्यक प्लगिन राखेर समस्या आयो । मैले लाइभ च्याटमा गएर समस्या बताएँ, तिनीहरुले २ घण्टाभन्दा बढि समय लगाएर पुरै साइट ठिक बनाइदिए । यसैले वर्डप्रेसमा ब्लग तथा वेबसाइट चलाउँन मैले सिफारिस गरेका होस्टिङ सेवाहरु मध्येको एक हो होस्टग्याटर ।

होस्टिङको प्रारम्भिक जानकारीका लागि यो पोस्ट उपयोगी हुन सक्छ । पढ्नुहोला – किन किन्ने होस्टिङ ?

कसरी किन्ने छुटमा ?

१. यो ६० प्रतिशत छुटको अफर आजको लागि, त्यो पनि ३ घण्टाका लागि मात्रै हो । यसैले यो अबधि बाहेक नियमित शुल्क पर्नेछ । यसैले किन्नका लागि यो लिंकमा जानुहोस्होस्टग्याटरको ६० प्रतिशत छुट पाउँन यहाँ क्लिक गर्नुहोस्

hosting flash offer

२. त्यसपछि Get Started Now मा क्लिक गर्नुहोस् र यो पेजमा पुग्नुहोस्

hosting 60

३. त्यसपछि Choose a Plan मा क्लिक गरेर आफ्नो लागि प्लान छान्नुहोस् । यदि तपाई एउटामात्रै ब्लग वा वेबसाइट चलाउँन चाहनु हुन्छ भने पनि Baby Plan नै किन्नु होला । यसमा एक भन्दा बढि वेबसाइट चलाउँन सकिन्छ । त्यहाँ Sign Up गरेर शुल्क तिर्ने पेजमा पुग्नु हुनेछ ।

४. शुल्क तिर्नु पर्ने पेजको पाँचौ नम्बरमा आफै कुपन कोड आइसकेको हुनेछ । यदि आएको छैन भने बक्समा AUGUSTFLASH2 कोड राखेर Validate मा क्लिक गर्नुहोस् । र, शुल्क तिर्नुहोस् ।

होस्टिङ खरिद गरिसकेपछि होस्टिङ सेटअपका लागि सहयोग चाहिएमा मलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

नमस्ते, म गणेश कार्की । म बितेका केहि बर्षदेखि नियमित रुपमा ब्लग लेख्दै आएको छु । कम्प्युटरको सामान्य ज्ञान बाहेक थप जानकारी नभएको कारण मैले सिकाइ अवधिमा सानो सानो कुरामा पनि निकै दुख ब्योहोरेको छु । यो क्रम जारी छ अझै । यहाँ आफुले जानेका र सिकेका सकेसम्म धेरै कुराहरु समेट्नेछु । प्राविधिक ज्ञान नभएको म जस्तै अर्को सिकारुले मैले झैँ स-साना कुरामा अनावश्यक दुख भोग्नु नपरोस्, अंग्रेजी नजानेकै कारण सूचना प्रबिधिबाट कोही नेपाली ‘यो युग’बाट टाढा बस्नु नपरोस् । मेरो इच्छा यति हो । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

ganesh karki – who has written posts on Nepali Tech Blog.


Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)