Homeअनलाइन कमाई

ट्विट गरेर पनि पैसा कमाइन्छ

tweet income
हुन त इन्टरनेटमा अनेक किसिमका स्पामहरु फैलिरहन्छन् । दुख नगरी पैसा आउँने बहानाहरु भन्दै तपाईको गोप्यता भंग हुने किसिमका एप्लिकेसन र वेबसाईटहरुमा लग इन गराउँछन् । फिसिङका बारेमा सुन्नु भएको छ कि छैन ? यसैले लोभ लाग्दा प्रलोभनहरु झट्ट विश्वास गरिहाल्न हुन्न ।

यसो भन्दैमा इन्टरनेटबाट पैसा कमाइदै कमाइदैन भन्ने चाँहि होइन । इन्टरनेटबाट पैसा कमाउँन सकिने धेरै सजिला उपायहरु मध्येमा ट्विट पनि एक हो । यसका लागि केहि अलग ज्ञान वा बेग्लै वेबसाइट वा ब्लग केहि पनि चाहिदैन ।

यसका लागि sponsoredtweets.com मा एकाउन्ट खोलेर विज्ञापनका लागि आफ्नो एकाउन्ट सक्रिय पार्नु पर्ने हुन्छ । रमाइलो त के छ भने तपाईले आफ्नो ट्विटको मुल्य आफै निर्धारण गर्न पाउँनु हुन्छ । तर जानीराख्नुस्, म यति पैसा पाए तिम्रो विज्ञापनको लिंक ट्विट गर्नेछु भनेर धेरै रेट राख्नु भयो भने पक्कै पनि कम विज्ञापन आउलान् अथवा आउँदै नआउलान् । यसैले सुरुमा एकदमै कम रेटका विज्ञापनहरु देखाउँछु भन्नु भयो भने धेरै विज्ञापन पाउँने सम्भावना रहन्छ । यसैले सुरुमा प्रति ट्विट मुल्य कम राख्नु होला । दिनभर ट्विट गरिरहन्छु र निकै पैसा बनाउँछु भनेर नसोच्नुहोला नि । कम्तिमा दुइटा ट्विटको ग्याप यति राख्नेछु भन्ने पनि जानकारी गराउँनु पर्छ ।

के चाहिन्छ त, ट्विट गरेर पैसा कमाउँन ?
ट्विटबाट पैसा कमाउँने भनेपछि ट्विटर एकाउन्ट चाहिने भइगयो । तर तुरुन्त ट्विटर एकाउन्ट खोलेर लगालग पैसा कमाइने भने होइन । यसका लागि तपाईलाई कम्तिमा २०० जनाले ट्विटरमा फलो गरेको हुनु पर्छ । अर्को मुख्य कुरा, तपाईले ट्विटबाट कमाएको पैसा पेपाल (paypal) मा आउँने हो । यसैले पेपाल पनि अनिवार्य हुन्छ । नत्र कम्प्युटरमा मात्रै पैसा हेरेर त के गर्नु र है ।

पैसा आउँने भए भटाभट ट्विट गर्छु नि !
यसमा तपाईले भटाभट ट्विट गरिरहने र उसले चै तपाईको ट्विटको पैसा तिरिरहने होइन । तपाईले यो स्पोन्सर्डट्विटमा साइन अप गरेपछि तपाईलाई विज्ञापन दिन थाल्छ । तपाईले पाएको विज्ञापन एप्रुभ भएपछि तपाईले सोही साइटमा गएर विज्ञापनका लागि ट्विट लेख्ने हो जसलाई सो साइटको सिस्टम आफैले ट्विट गर्दछ । तपाईले विज्ञापन ट्विट गरेको आधारमा मात्रै तपाईले पैसा पाउँने हो ।

कसरी एकाउन्ट खोल्ने ?
सबैभन्दा पहिले तलको तस्विरमा क्लिक गरेर साइन अप गर्नुहोस् ।
तस्विर नदेखिए यो लिंकमा क्लिक गर्नुहोला ।
SponsoredTweets referral badge

तपाईको ट्विटरसँग कनेक्ट गर्नुहोस् । र, फर्ममा आवश्यक सबै जानकारी भर्नुहोस् । तपाईको एकाउन्ट तुरुन्तै सक्रिय हुन्छ । तपाईले साइन अप गर्दा स्पोन्सर्ड ट्विटको जानकारी आउँने स्थान जे बनाउँनु भएको छ, त्यसमा यो सम्बन्धि जानकारीहरु आउँन थाल्नेछन् ।

केहि नबुझ्नु भएको भए अथवा तपाईले पहिले नै यो बारेमा जानकारी पाइसक्नु भएको भए कमेन्टमा आफ्नो अनुभव बाढ्नुहोस् है ।

नमस्ते, म गणेश कार्की । म बितेका केहि बर्षदेखि नियमित रुपमा ब्लग लेख्दै आएको छु । कम्प्युटरको सामान्य ज्ञान बाहेक थप जानकारी नभएको कारण मैले सिकाइ अवधिमा सानो सानो कुरामा पनि निकै दुख ब्योहोरेको छु । यो क्रम जारी छ अझै । यहाँ आफुले जानेका र सिकेका सकेसम्म धेरै कुराहरु समेट्नेछु । प्राविधिक ज्ञान नभएको म जस्तै अर्को सिकारुले मैले झैँ स-साना कुरामा अनावश्यक दुख भोग्नु नपरोस्, अंग्रेजी नजानेकै कारण सूचना प्रबिधिबाट कोही नेपाली ‘यो युग’बाट टाढा बस्नु नपरोस् । मेरो इच्छा यति हो । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

ganesh karki – who has written posts on Nepali Tech Blog.


Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)