Homeप्रविधि खबर

वाइफाइको एलर्जी भएपछि सरकारले दियो क्षतिपुर्ति !

कुनै कुराको एलर्जी भएपछि त्यो कुराबाट बच्न के गर्नु पर्छ ? पक्कै पनि जुन वस्तुको एलर्जी भएको हो, त्योदेखि टाढा हुनु पर्छ । सकेसम्म त्यो वस्तुको सम्पर्कमा नजाने वा सम्पर्कमा आउँन नदिने । तर आँखाले देख्दै नदेखिने र आधुनिक समाजका लागि अत्यावश्यक वाइफाइकै एलर्जी भयो भने ? सकेसम्म सहने । सहन नसक्ने भयो भने झोलीतुम्बा बोक्ने, बिजुली बत्ति नभएको र कतैबाट वाइफाइको तरंगहरु नआउँने ठाउँमा गएर जिन्दगी बिताउँने । तर यसको दोषी को हो ? मानव समाज । विकास । र, त्यसलाई प्रतिनिधित्व गर्ने सरकार ।

भयो पनि त्यस्तै । फ्रान्समा ३९ बर्षिय मार्टिन रिचार्ड नाम गरेकी एक महिलालाई वाइफाइको एलर्जी भएको थाहा* भयो । उनले सोही एलर्जीका कारण नोकरी गुमाउँनु पर्यो भने वाइफाइ तरंगका कारण शहरमा पनि बस्न नसक्ने अवस्थामा पुगिन् । उनी बिजुली बत्ति नभएको एउटा गाउँमा गएर बस्न थालिन् । आफ्नो जीवनशैली नै तहसनहस भएको भन्दै उनले मुद्दा दर्ता गरिन् । र, उनलाई क्षतिपुर्ति स्वरुप उनलाई मासिक ५०० युरो (आजको विनिमय दर अनुसार झन्डै ६० हजार) दिनु पर्ने अदालतले फैसला सुनायो ।

वैज्ञानिक तथ्यले के भन्छ ?

वाइफाइ सिग्नलको एलर्जी भन्नुको अर्थ विद्युतियचुम्बकिय तरंग (Electo-magnetic Wave) हरुको एलर्जी हो । धेरै किसिमका विद्युतियचुम्बकिय तरंगमा वाइफाइको तरंगमा मानिसहरुको सम्पर्क धेरै र सघन हुने गर्छ । विद्युतिय उपकरणबाट निस्किने यस्ता तरंगहरुबाट मानिसलाई एलर्जी हुने भनेर निकै घटनाहरु सुनिएको भएपनि वास्तवमै यसै कारणले गर्दा एलर्जी हुन्छ भनेर वैज्ञानिकरुपमा पत्ता लागिसकेको छैन ।

यसैले धेरै विज्ञहरुले अदालतको यो फैसलालाई हतारको फैसला भनेका छन् । कतिपय वैज्ञानिकहरुले मार्टिन रिचार्डमा जस्तै अरुमा पनि देखिएको एलर्जीलाई मानसिक रोगको संज्ञा दिएका छन् भने कतिपयले यसलाई धेरै रोगहरुको योगात्मक असर पनि भनेका छन् । मनोचिकित्सक विलियम बारले भनेका छन् कि रोगीलाई वाइफाइ सिग्नलकै कारणले आफुलाई संक्रमण भएको भन्ने लागेको छ र जब उनी त्यस्तो तरंग भएको ठाउँमा हुन्छिन्, त्यही भ्रमका कारण थप आक्रान्त हुन्छिन् । धेरैले अदालतको फैसलाले वैज्ञानिक नजिर नबनाउँने तर यसबारे थप खोजी गर्न भने अफ्ठ्यारो पार्न सक्ने तर्फ भने संकेत गरेका छन् ।

कति सघन हुन्छ वाइफाइ सिग्नल ?

अहिले वाइफाइ सिग्नल प्रायजसो सबैतिर फैलिएका हुन्छन् । जब धेरैभन्दा धेरै मेसिनहरु इन्टरनेटमा जोडिन्छन् तब वाइफाइको क्षेत्र बढ्दै जान्छ । कलाकार तथा खोजकर्ता लुइस हर्नानले किर्लियन मेसिनको सहायताबाट वाइफाइका तरंगहरुको तस्विर लिएका छन् । किर्लियन मेसिन रसियन आविस्कारक सेम्यन दाभिदोभिच किर्लियनले बनाएका हुन् जसले वाइफाइ सिग्नलहरुलाई विभिन्न रंगहरुमा परिवर्तन गर्छ । लुइसले लङ एक्सपोजरमा यी तस्विरहरु लिएका हुन् । तस्विर तल बमोजिम छन् । यसमा देखिने रातो रंगको अर्थ सबैभन्दा सघन हुन्छ भने निलो रंग सबैभन्दा कम सघन हुन्छ ।

wifi signal color

नमस्ते, म गणेश कार्की । म बितेका केहि बर्षदेखि नियमित रुपमा ब्लग लेख्दै आएको छु । कम्प्युटरको सामान्य ज्ञान बाहेक थप जानकारी नभएको कारण मैले सिकाइ अवधिमा सानो सानो कुरामा पनि निकै दुख ब्योहोरेको छु । यो क्रम जारी छ अझै । यहाँ आफुले जानेका र सिकेका सकेसम्म धेरै कुराहरु समेट्नेछु । प्राविधिक ज्ञान नभएको म जस्तै अर्को सिकारुले मैले झैँ स-साना कुरामा अनावश्यक दुख भोग्नु नपरोस्, अंग्रेजी नजानेकै कारण सूचना प्रबिधिबाट कोही नेपाली ‘यो युग’बाट टाढा बस्नु नपरोस् । मेरो इच्छा यति हो । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

ganesh karki – who has written posts on Nepali Tech Blog.


Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)