Homeकसरी गर्ने

जान्नुहोस् – फेसबुकको पोस्टहरु पछि हेर्ने गरि सेभ गर्ने तरिका

आज एकजना दाईले फेसबुकमा सोध्नु भयो – “भाई, आज बिहानै एउटा गजबको जोक्स फेसबुकमा देखेको थिएँ । अहिले परिवारलाई सुनाम् भनेर खोजेको मरे भेटेको होइन । स्क्रोल गर्दा गर्दा हैरान भएँ । कुनै उपाय छैन फेरि भेट्टाउँने ? मैले कसले पोस्ट गरेको थियो भन्ने पनि बिर्सेछु ।”

“या त नाम थाहा पाएर उसको प्रोफाइलमा गएर हेर्ने या टाइमलाइन तल तल सार्दै खोज्दै गर्ने अथवा केहि वाक्य थाहा छ भने ‘गुगल’ गर्दा पनि भेटिन सक्छ । अर्को उपाय त थाहा छैन दाई ।” मैले जवाफ फर्काएँ ।

थाहा छैन दाईले त्यो गजबको जोक्स अहिले भेट्नु भयो कि भएन ! तर यो समस्या दाईलाई मात्र पर्ने होइन । फेसबुक प्रयोग गर्दै जाँदा साथीहरु पनि बढ्दै जान्छन् । जति धेरै साथीहरु, उति धेरै पोस्ट । टाइमलाइनमा पछिल्ला पोस्टहरुले बिस्तारै अघिल्ला पोस्टहरुलाई तल तल सार्दै जान्छन् । तर यदि तपाईले टाइमलाइन चै “Top Stories” का आधारमा देखिने विकल्प छनौट भएको रहेछ भने धेरै लाइक भएका वा कमेन्ट भएका पोस्टहरु सबैभन्दा माथि देखिन्छन् (फेसबुक टाइमलाइन २ आधारमा हेर्न सकिन्छ – १. Top Stories (चर्चित पोस्ट) र २. Most Recent (ताजा पोस्ट) । यसका लागि बाँया तर्फको साइडबारको News Feed मा क्लिक गरेर दुई मध्ये एक छनौट गर्नु पर्ने हुन्छ ।) । यसरी छानिएका टप पोस्टहरुमा पनि तपाईले चाहेकै पोस्ट पर्नु संयोग मात्रै हुन्छ ।

पछि हेर्ने गरि कसरी सेभ गर्ने त ?

फेसबुकको राम्रो सुविधा मध्येको सुविधा यो पनि हो कि तपाईले कुनै पनि पोस्ट पछि पनि हेर्न भनेर सुरक्षित राख्न सक्नुहुन्छ । यो सुविधा सुरु गर्दा लिंक तथा भिडियोलाई मात्रै सेभ गर्न सकिने बनाइएको थियो जसलाई अहिले सबै किसिमका पोस्टहरुलाई पछि हेर्न सकिने गरि सेभ गर्न सकिने बनाइएको छ । तर याद राख्नुहोला, पोस्ट गर्नेले तपाईले सेभ गरेको पोस्ट हटाएको अवस्थामा भने यो उपायले काम गर्दैन ।

१. कुनै पनि पोस्टको दाँया तर्फको माथिल्लो कुनामा हेर्नु भयो भने तलपट्टि फर्किएको तिर चिन्ह (Arrow) देख्नु हुनेछ । सेभ गर्न पर्ने पोस्टको कुनाको सो चिन्हमा क्लिक गर्नुहोस् ।

२. त्यसपछि खुल्ने बक्समा देखिने Save Post/Save Link/Save Video/Save Photo मा क्लिक गर्नुहोस् । तपाईले चाहनु भएको पोस्ट पछि हेर्न मिल्ने गरि सेभ भएर बस्छ ।

सजिलोको लागि तस्विरमा हेर्नुहोला ।

save facebook post

३. त्यसरी सेभ गरिएको पोस्ट हेर्न बाँया तर्फको साइडबारमा भएको Saved भन्ने बटनमा क्लिक गर्नुहोस् वा www.facebook.com/saved मा जानुहोस् ।

saved watch

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? उपयोगी लाग्यो भने थप मानिसहरुलाई जानकारी दिन यो पोस्ट सेयर गर्न सक्नुहुन्छ । यदि कसैले यसलाई कपि गरेर आफ्नो ब्लग वा वेबसाइटमा राख्न चाहनु हुन्छ भने तपाईको पोस्टमा यो साइटको स्रोत खुलाएर लिंक राखिदिए खुसी लाग्नेछ

नमस्ते, म गणेश कार्की । म बितेका केहि बर्षदेखि नियमित रुपमा ब्लग लेख्दै आएको छु । कम्प्युटरको सामान्य ज्ञान बाहेक थप जानकारी नभएको कारण मैले सिकाइ अवधिमा सानो सानो कुरामा पनि निकै दुख ब्योहोरेको छु । यो क्रम जारी छ अझै । यहाँ आफुले जानेका र सिकेका सकेसम्म धेरै कुराहरु समेट्नेछु । प्राविधिक ज्ञान नभएको म जस्तै अर्को सिकारुले मैले झैँ स-साना कुरामा अनावश्यक दुख भोग्नु नपरोस्, अंग्रेजी नजानेकै कारण सूचना प्रबिधिबाट कोही नेपाली ‘यो युग’बाट टाढा बस्नु नपरोस् । मेरो इच्छा यति हो । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

ganesh karki – who has written posts on Nepali Tech Blog.


Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)