Homeकसरी गर्ने

सबैभन्दा राम्रो दरमा आफ्नै कम्प्युटरबाट नेपालमा रकम पठाउँनुहोस्

यो लेख जानकारीका लागि लेख्दैछु । यसैले भुमिका बाँधिरहन आवश्यक नहोला । नत्र औपचारिकताका लागि भुमिका बाध्नै पर्दा म लेख्न सक्थेँ कि नेपाल रेमिट्यान्सले धानिएको देश हो । म थप लेख्न सक्थेँ कि झन्डै आधा करोड नेपालीहरु विदेशी भुमिमा रगत, पसिना बगाउँदैछन् र जेनतेन जोगाएको पैसा नेपाल पठाउँछन् ।

यसलाई थप पुष्टि गर्न अलिकति भावुकता जोड्दिन्थेँ र भन्दिन्थेँ कि खासमा त्यो पैसा मात्रै पनि होइन, अलिकति रगत हो, केहि बढि पसिना हो र, जोख्नै नसकिने अथाह सपना हो । त्यो पनि एकजना व्यक्तिको मात्रै होइन, पुरै परिवारको । अघिल्ला पुस्ताको दायित्वको र पछिल्लो पुस्ताप्रतिको जिम्मेवारीको ।

अनि, अन्तिममा यति लेखिसके पछि एक एक पैसाको पनि कति ठुलो महत्व छ भनेर तपाईले बुझिसक्नु भयो होला, यसैले थोरै पैसा पनि बचाउँन सकिन्छ भने ‘स्मार्ट तरिका’ उपयोग गर्दै बचाउँन सक्नु पर्छ भनेर भुमिका सक्दिनेथिएँ ।

तर त्यो दुख गर्न तिर लाग्दिन । सबैलाई थोरै भन्दा थोरै भएपनि आफ्नो पैसा महत्वपुर्ण नै लाग्छ । अझ विदेशबाट पैसा पठाउँदा त यसको झन् ठुलो अर्थ हुन्छ । आजको ‘विनिमय दर’ कति छ भन्ने कुराले नै पैसा कति र कहिले पठाउँने भन्ने कुरालाई धेरै हदसम्म तय गर्छ ।

फरक थाहा पाउँन रातो बाकसले घेरिएको कुराहरु तुलना गर्नुहोस् ।
फरक थाहा पाउँन रातो बाकसले घेरिएको कुराहरु तुलना गर्नुहोस् ।

१. विनिमय दर सबै एजेन्सीहरुमा एउटै नहुन सक्छ

रेमिट्यान्स पठाउँने धेरै एजेन्सीहरु छन् । तिनले दिने विनिमय दर फरक फरक हुन्छ । यसैले विदेशबाट नेपाल पैसा पठाउँनु भन्दा अगाडी आफ्नो पहुँचमा भएका एजेन्सीहरुले दिने विनिमय दर कति कति छ भन्ने थाहा पाउँनुहोस् । भनिरहनु पर्ला र, सबैभन्दा धेरै विनिमय दर भएकोबाट मात्र पठाउँनुहोला भनेर ? :डि

२. पैसा पठाएको शुल्क समान नहुन सक्छ

विनिमय दरमात्र राम्रो भएर हुदैन, पठाउँदा लाग्ने शुल्क राम्रो हुनु पर्छ । राम्रो भन्नाले सस्तो र सबै भन्दा सस्तो छान्नुहोला भनेर भन्नु नपर्ला यहाँ पनि । :डि

३. पैसा प्राप्त गरिने एजेन्सीले पनि फरक पर्छ

यो बिषयमा अन्य देशबाट नेपाल पैसा पठाउँदा के हुन्छ भन्ने मलाई खासै जानकारी छैन । तर म बसेको देश, नर्बेबाट पैसा पठाउँदा भने पैसा प्राप्त गरिने एजेन्सीले पनि विनिमय दर फरक पार्दो रहेछ र पुग्ने पैसामा निकै तलमाथि हुदो रहेछ । जस्तै : उति नै पैसा नर्बेबाट पठाउँदा राष्ट्रिय वाणिज्य बैंकमा सबैभन्दा धेरै पुग्यो । त्यस्तै निजि तर्फ नेपाल इन्भेष्टमेन्ट बैंकमा राष्ट्रिय वाणिज्य बैंकमा भन्दा केहि कम पैसा पुगेको थियो । तर पनि नीजि तर्फ सबैभन्दा बढि दरमा पुगेको नेपाल इन्भेष्टमेन्ट बैंक नै थियो ।

त्यस्तै एउटै एजेन्सीबाट नेपाल पैसा पठाउँदा पनि भिन्न भिन्न माध्यमबाट जाने रहेछ । त्यसमा पनि विनिमय दर फरक पर्ने रहेछ । जस्तै : नर्बेबाट रेमिट्यान्स एजेन्सीबाट पैसा पठाउँदा धेरै जसो नेपालीहरुको रोजाइमा रिया कम्पनि पर्ने गर्छ । यसले नेपाल पैसा पठाउँदा आइएमइ लगायत अन्य दुई एजेन्सी हुँदै पठाउँछ जसमा आइएमइ वा त्यसका साझेदार एजेन्सीहरुबाट पैसा लिने हो भने बढि पाउँन सकिन्छ । आफुले पैसा पठाउँदा नै ति माध्यमहरुका बारेमा बुझेर पठाउँन पर्छ । नत्र पठाइसके रकम प्राप्त गर्नेले फलानोबाट लिदा बढि आउँने रहेछ, त्योदेखि नै लिन्छु भन्न चै पाइन्न नि ।

४. तेस्रो मुद्रामा पैसा पठाउँनेहरुले थाहा पाउँनु पर्ने कुरा

म बसेको देश नर्बेमा चल्ने मुद्रा नर्बेजियन क्रोनर हो । नेपाल पैसा पठाउँदा सोझै नर्बेजियन क्रोनरबाट नेपाली रुपैयाँमा पठाउँन सकिदैन । तेस्रो मुद्रा स्वरुप अमेरिकन डलर वा युरो छान्नु पर्छ । पैसा पठाउँने समयमा यस मध्ये जुन मुद्रा नेपाली रुपैयाँसँग कमजोर भएको छ, त्यसबाट पठाउँदा धेरै पैसा पुग्छ ।

समग्रमा,

माथिका ४ वटा कुराहरु तुलना गर्दा म बसेको देश, नर्बेबाट नेपाल पैसा पठाउँन वर्ल्ड रेमिट सबैभन्दा राम्रो विकल्प हुन्छ । तिनीहरुको आधिकारिक वेबसाइटमा विनिमय दर तुलना गर्दा पनि वर्ल्ड रेमिट नै सबैभन्दा उत्तम विकल्प हुन्छ । यसलाई तपाई आफैले जाँच गर्न सक्नु हुन्छ ।

विनिमय दर हेर्न यो लिंकमा जानुहोस् नेपाली विनिमय दर

वर्ल्ड रेमिटबाट आफ्नै कम्प्युटरदेखि रकम पठाउँन सकिन्छ

यदि तपाईसँग अनलाइन बैंकिङको सुविधा छ भने आफ्नै कम्प्युटरबाट मज्जासँग सबैभन्दा राम्रो विनिमय दरमा नेपाल पैसा पठाउँन सक्नुहुन्छ । यसका लागि वर्ल्ड रेमिटको यो लिंकमा जानुस् – लिंक यहाँ छ WorldRemit

यो देखि पहिलो पटक पैसा पठाउँदा शुल्क पनि लाग्दैन । पैसा पठाउँदा पहिलो पटक आफ्नो परिचय प्रमाणित गर्नु पर्छ । उनीहरुले दिएको लिंकमा क्लिक गरेर आफ्नो पासपोर्टको फोटो पठाइदिए हुन्छ । पासपोर्ट स्क्यान गरिएको छैन भने मोबाइलबाट खिचेर पठाउँदा पनि हुन्छ । यो प्रमाणिकरण एक पटक मात्रै हो गर्नु पर्ने, अर्को पटकबाट पर्दैन ।

पुनश्च : माथिका जानकारीहरुमा थपघट गर्नु पर्ने भएमा कमेन्ट गर्नुहोला । गल्ति भए सच्याइनेछ भने राम्रो जानकारी थप गरिनेछ ।

पुन: पुनश्च : यो सशुल्क लेखिएको लेख हो । सबै जानकारी मैले आफैले प्रयोग गरेर आफ्नो अनुभवका आधारमा लेखेको हुँ ।

नमस्ते, म गणेश कार्की । म बितेका केहि बर्षदेखि नियमित रुपमा ब्लग लेख्दै आएको छु । कम्प्युटरको सामान्य ज्ञान बाहेक थप जानकारी नभएको कारण मैले सिकाइ अवधिमा सानो सानो कुरामा पनि निकै दुख ब्योहोरेको छु । यो क्रम जारी छ अझै । यहाँ आफुले जानेका र सिकेका सकेसम्म धेरै कुराहरु समेट्नेछु । प्राविधिक ज्ञान नभएको म जस्तै अर्को सिकारुले मैले झैँ स-साना कुरामा अनावश्यक दुख भोग्नु नपरोस्, अंग्रेजी नजानेकै कारण सूचना प्रबिधिबाट कोही नेपाली ‘यो युग’बाट टाढा बस्नु नपरोस् । मेरो इच्छा यति हो । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

ganesh karki – who has written posts on Nepali Tech Blog.


Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)