Homeब्लगिङ

वर्डप्रेस ब्लग वा वेबसाइट होस्ट गर्न कुन हो सस्तो र राम्रो होस्टिङ ?

मेरो ५ बर्षे ब्लगिङ यात्रामा मैले होस्टिङका बारेमा जति ज्ञान लिएँ, आज यो ब्लगमा लेख्दैछु । यो यात्रामा मैले दर्जनौं वर्डप्रेस होस्टिङमा चलाएको छु । अधिकांश फ्रि होस्टिङ नै थिए । एउटा फ्रिहोस्टिङमा बल्ल बल्ल ब्लगमा कन्टेन्टहरु भरिन थाल्दै थियो, कारण नै नखुलाई मेरो ब्लग गायब भयो । हो, ब्लग त थियो तर सबै कन्टेन्टहरु हरायो । सारा दुख छिन भरमै फुस्स । नेपालमा बसेर आफुले चाहेको होस्टिङ आफैले किन्न पाइन्न । हामीसँग इन्टरनेटमा शुल्क तिर्नलाई कुनै पनि विकल्पहरु छैनन् । बाहिर कुनै कम्पनीबाट किन्न खोज्यो, आँखै अगाडी २०० प्रतिशतभन्दा ज्यादा शुल्क माग्छन् । अनि, अघिल्लोभन्दा राम्रो निशुल्क होस्टिङ खोज्नुको विकल्प नै हुन्थेन । तर सस्तो बेसारले पखाला चलाउँछ । कुनै न कुनै दिन सबै फुस्स । कति कारण दिएरै हराए, कति गुपचुप । ह्याकर र स्पामरको निशानामा पनि साह्रै पर्ने यस्ता ब्लगहरु । निशुल्क होस्टिङमा ब्लग चलाउँनु भनेको दुख र कन्टेन्टको त सत्यनाश मात्रै हो । प्रतिफलमा दिक्क भन्दा बढि केहि पाउँनु हुन्न । नियमित जसो आइरहने नयाँ नयाँ समस्याले गर्दा अनुभव भने नयाँ नयाँ पाइन्छ ।
wordpress-hosting
त्यसपछि सुरु भयो, सस्तो र सशुल्क होस्टिङको खोजी । यसमा पनि कुनैमा ५०० इन्टरनल इरर कुनैमा फाइल र कुनैमा ब्यान्डविथ नाघ्यो आदि आदि । कतिमा आफ्ना फाइलहरु कतिको सुरक्षित छन् भन्नेसम्म वास्ता नहुने । त्यसपछि थाहा पाएँ, हजारौं वेबहोस्टिङ कम्पनिमा कम पैसामा राम्रो, गुणस्तरिय र सुरक्षित वेबहोस्टिङ छान्नु कम चुनौतिको कुरा होइन । यसो भन्दैमा महँगा होस्टिङहरुमा मात्रै भर पर्न सकिने भन्न खोजेको हैन । वर्डप्रेस होस्टिङका लागि सेयर्ड होस्टिङ सबै भन्दा राम्रो विकल्प हो ।

राम्रो वेबहोस्टिङ हुन के चाहिन्छ त ?
राम्रो वेबहोस्टिङ भन्नुको अर्थ त्यसमा प्रयोग भएको सफ्टवेयर, कन्ट्रोल प्यानल, डाटा सुरक्षा, वर्डप्रेस अप्टिमाइज्ड, पिएचपी भर्सन, माइएसक्युएल भर्सन लगायतका कुराहरु स्टान्डर्ड, नयाँ र सुरक्षित हुन जरुरी हुन्छ । यसका साथै सो कम्पनीको सपोर्ट सिस्टम कस्तो छ भन्ने कुराले महत्व राख्छ । वर्डप्रेसमा बनाइएका ब्लग/साइटहरु सामान्यतया केहि बढि मेमोरी चाहिने किसिमका हुन्छन् । यसैले राम्रो कम्पनी भन्नका लागि होस्टिङ प्याकेजमा ति कम्पनिहरुले कस्ता कस्ता अफर र सेवाहरु दिएका छन् भन्ने मुख्य कुरा हुन आउँछ । फेसबुक र अन्य सोसल साइटमा लिंक सेयर गर्दा सानो समयमा एक्कासी भिजिटरहरु बढ्छन्, सो वेबहोस्टिङले कसरी काम गर्छ ? सो कम्पनीको होस्टिङ कहाँ छ ? यस्ता कुराले पनि वेबहोस्टिङ कति उपयोगी हुन्छ भन्ने कुरा निर्धारण गर्छन् ।

कुन वेबहोस्टिङ राम्रो हो त ?
मैले प्रयोग गरेको आधारमा केहि वेबहोस्टिङ यहाँ सिफारिस गरेको छु । नयाँ ब्लग सुरु गर्नका लागि यी सबै कम्पनीहरुले दिने सेयर्ड होस्टिङमा खासै भिन्नता छैन । तपाईलाई केहि कारण अर्कै होस्टिङमा सर्न मन लाग्यो भने आफ्नो सबै फाइल र डाटाबेस थपक्क निकालेर अर्को होस्टिङमा जानका लागि भने यी सबै होस्टिङहरु एकदमै लचिला छन् । तपाईले सजिलै आफ्नो होस्टिङ सार्न सक्नु हुन्छ । औसत भिजिटर भएका ब्लगहरुका लागि भने सबै उत्तिकै उपयोगी हुन सक्छन् । यसमा मुल्यको कुरा प्रमुख भएर आउँछ । कुन छान्ने तपाईको इच्छा । तर समय समयमा अफरहरु दिइरहने हुनाले नयाँ अफर थाहा पाउँन एक पटक सबै साइटहरु मैले दिएको लिंकबाट भिजिट गर्नुहोला । मैले पाएसम्म सबै वेबहोस्टिङमा डिस्काउन्ट लिंक पनि यही सेयर गरेको छु जुन लिंकमा क्लिक गरेर तपाईले किन्नु भयो भने पक्कै पनि केहि प्रतिशत डिस्काउन्ट पाउँनु हुनेछ ।

bh_125x125_01१. ब्लुहोस्ट : ब्लुहोस्ट वर्डप्रेस वेबहोस्टिङमा सबैभन्दा मन पराइएको कम्पनी मध्येको एक हो । गुणस्तरिय वेबहोस्टिङका लागि यसले विभिन्न समयमा धेरै अवार्डहरु पनि जितेको छ । मैले केहि ब्लगहरु ब्लुहोस्टमा होस्ट गरेको छु । सस्तो मुल्यमा पाइने तर अचम्मै राम्रो सुविधा दिने वेबहोस्टिङ हो यो । यसले अनलिमिटेड होस्टिङ, अनलिमिटेड ब्यान्डविथ, जति पनि डोमेन थप्न मिल्ने, स्टान्डर्ड कन्ट्रोल प्यानल लगायत एउटा फ्रि डोमेन पनि दिन्छ । वर्डप्रेसले सिफारिस गरेका केहि आधिकारिक वेबहोस्टिङ पनि हो यो । ब्लुहोस्ट होस्टिङ किन्न वा थप जानकारी पाउँन यो लिंकमा वा तलको तस्विरमा क्लिक गरेर आधिकारिक साइटमा जानुस् (लिंक अर्को पेजमा खुल्नेछ) ।


२. होस्टग्याटर : लगभग सबै विशेषता ब्लुहोस्ट जस्तै रहेको यो कम्पनीको सपोर्ट सिस्टम भने मन हर्ने छ । यदि तपाई वेब होस्टिङका बारेमा सामान्य ज्ञान पनि राख्नु हुन्न अनि केहि समस्या आए कसरी समाधान गर्ने केहि जान्नु हुन्न भने होस्टग्याटर वरदान हो । यसको सपोर्ट सिस्टममा लाइभ च्याट गर्नुस् वा फोन, तपाईका समस्या तुरुन्त समाधान गरिदिन्छन् । मैले मेरो एउटा साइटमा अनावश्यक प्लगिन राखेर समस्या आयो । मैले लाइभ च्याटमा गएर समस्या बताएँ, तिनीहरुले २ घण्टाभन्दा बढि समय लगाएर पुरै साइट ठिक बनाइदिए । होस्टग्याटर होस्टिङ किन्न वा थप जानकारी पाउँन यो लिंकमा क्लिक गर्नुहोस्) ।


iPage site builder banner
३. आइपेज : यसको कन्ट्रोल प्यानल भने अन्य वेबहोस्टिङ साइटको भन्दा फरक छ । तर वर्डप्रेस इन्स्टल गर्न तथा अन्य सुविधाहरु चलाउँन एकैछिनमा तपाईलाई सहज लाग्छ । ब्लुहोस्ट र होस्टग्याटरभन्दा केहि महंगो कम्पनी भएपनि होस्टिङमा खासै केहि फरक छैन । बरु त्यसबाहेक पाइने केहि अफरहरु भने यसका लोभ्याउँने खालका हुन्छन् । जति पनि डोमेन मज्जाले जोडेर ढुक्क सँग व्यक्तिगतदेखि व्यवसायिक वेबसाइटहरु यसमा ढुक्कसँग चलाउँन सकिन्छ । आइपेज होस्टिङ किन्न वा थप जानकारी पाउँन यो लिंकमा क्लिक गर्नुहोस्

dreamhost-6४. ड्रिमहोस्ट : सस्तो र गुणस्तरिय भनेर धेरैले विश्वास गरेको कम्पनीहरु मध्येमा पर्छ यो होस्टिङ पनि । अरु माथि उल्लेख गरिएका होस्टिङकै मुल्यमा पाइने यो होस्टिङले तपाईको वेबसाइटले बढि मेमोरी प्रयोग गर्न थाल्यो भने उपयुक्त सुझाब पनि दिन्छ । यसको सेयर्ड होस्टिङमा धेरै डोमेनहरु होस्ट गर्न सकिन्छ । ड्रिमहोस्ट होस्टिङ किन्न वा थप जानकारी पाउँन यो लिंकमा क्लिक गरेर आधिकारिक साइटमा जानुस् (लिंक अर्को पेजमा खुल्नेछ) । ३५% डिस्काउन्ट पाउँन GYB30 कुपन कोड प्रयोग गर्नुहोला ।

यदि तपाई होस्टिङ किन्न चाहनुहुन्छ तर पैसा तिर्न पेपाल वा मास्टरकार्ड वा भिसा कार्ड छैन भने तलको कमेन्टमा आफ्नो इमेल वा फेसबुक प्रोफाइलको लिंक राखेर कमेन्ट गर्नुहोला । धन्यवाद ।

नमस्ते, म गणेश कार्की । म बितेका केहि बर्षदेखि नियमित रुपमा ब्लग लेख्दै आएको छु । कम्प्युटरको सामान्य ज्ञान बाहेक थप जानकारी नभएको कारण मैले सिकाइ अवधिमा सानो सानो कुरामा पनि निकै दुख ब्योहोरेको छु । यो क्रम जारी छ अझै । यहाँ आफुले जानेका र सिकेका सकेसम्म धेरै कुराहरु समेट्नेछु । प्राविधिक ज्ञान नभएको म जस्तै अर्को सिकारुले मैले झैँ स-साना कुरामा अनावश्यक दुख भोग्नु नपरोस्, अंग्रेजी नजानेकै कारण सूचना प्रबिधिबाट कोही नेपाली ‘यो युग’बाट टाढा बस्नु नपरोस् । मेरो इच्छा यति हो । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

ganesh karki – who has written posts on Nepali Tech Blog.


Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)