Homeछुट तथा अफर

रेमा १००० को मोबाइल एप ‘आ’ – छुट पाउँने राम्रो तरिका #नर्बेका_लागि_मात्रै

मोबाइल एप राख्नुस् र छुट पाउँनुस् भन्ने कुरा नयाँ होइन तर असाध्यै धेरै एपहरु भने विश्वासिला हुदैनन् । विज्ञापनका खेति गर्न बनाइएका त्यस्ता एपहरु राख्न र फ्याल्नको दुख भन्दा बढ्ता केहि हुदैनन् तर यहाँ म विश्वासिलो, आधिकारिक र प्रयोगका हिसाबले असाध्यै सजिलो एपका बारेमा कुरा गर्दैछु ।

यहाँ मैले लेख्न लागेको एउटा एपको बारेमा हो । नर्बेको प्रसिद्ध सुपरमार्केट रेमा १००० ले केहि समय पहिले एउटा मोबाइल एप आ (Æ) सार्वजनिक गर्यो । एन्ड्रोइड र आइओस भर्सनमा सार्वजनिक गरिएको यो एपलाई आफ्नो बैंक कार्डसँग जोड्न मिल्छ र त्यस वापत रेमा १००० ले निश्चित प्रतिशत छुट दिन्छ ।

कुरा खासै जटिल होइन तर पनि मैले प्रयोग गरेको थिइन । सायद भाषा वा समय वा जाँगर वा तिनवटै कुराको अभाव । हिजो मैले यसलाई आफ्नो बैंक कार्डसँग जोडेँ । र, हिजो नै २१८.०९ क्रोनरको सामान किन्दा ४३.४२ क्रोनर छुट पाएँ । यसैले थाहा नपाएका वा थाहा पाएर पनि अल्छि गर्नेहरुलाई उपयोगी होला भनेर यो लेख्दैछु ।

१. यो लिंकमा गएर आफ्नो मोबाइल अनुसारको एप इन्स्टल गर्नुहोस् । लिंक नयाँ ट्याबमा खुल्नेछ

२. एप खोल्नुहोस् र स्क्रिनको तलको भागमा लेखिएको Kom i gang मा क्लिक गर्नुहोस् ।

३. त्यसपछि सबै भन्दा तलको भागमा लेखिएको Fortell mer मा क्लिक गर्दै जानुहोस् । एपमा स्वत: जानकारीहरु एसएमएस जस्तै देखिदै आउँछन् । अथवा, ति जानकारीहरु पढ्न चाहनु हुन्न भन्ने दायाँ भागको माथिल्लो कुनामा Hopp over मा क्लिक गरेर तिनलाई छोड्न सक्नु हुनेछ । मैले यहाँ देखाएका स्क्रिनसटहरु भने Hopp over नगर्दाका हुन् ।

४. त्यसपछि Registrer meg मा क्लिक गर्नुहोस् ।

५. त्यसपछि godkjenn og gå videre मा क्लिक गर्नुहोस् ।

६. यसमा आफ्नो मोबाइल नम्बर लेख्नुहोस् र Send meg engangskode मा क्लिक गर्नुहोस् ।

७. त्यसपछि आफ्नो मोबाइलमा रेमा १००० बाट आएको कोड राख्नुहोस् र Bekreft मा क्लिक गर्नुहोस् ।

८. त्यसपछि तपाईलाई नोटिफिकेसन पठाउँ कि नपठाउँ भनेर सोध्छ । आफ्नो इच्छा अनुसार गर्नुहोस् । Ja takk गर्नु भयो भने छुटमा आएका सामानका बारेमा जानकारी समय समयमा पाउँनु हुनेछ ।

९. त्यसपछि Ja, legg til kort मा क्लिक गर्नुहोस् ।

१०. तपाईले जुन बैंक कार्डबाट सामान किनमेल गर्न चाहनु हुन्छ त्यसको जानकारी भर्नुहोस् र Legg til kort मा क्लिक गर्नुहोस् ।

याद गर्नुहोला, एपमा जोडिएको बैंक कार्डबाट रकम तिर्दा मात्रै छुट पाइनेछ । छुट स्वत: पैसा तिर्ने समयमा घट्नेछ । छुट पाएको जानकारीलाई तपाईले पछि एपमा गएर हेर्न सक्नु हुनेछ ।

पुनश्च: यो लेख नर्बेमा भएका नेपालीहरुका लागि मात्रै उपयोगी हो ।

तपाई बस्ने देशमा पनि यस्ता एपहरु छन् भने कमेन्टमा जानकारी दिनुहोला ।

 

नमस्ते, म गणेश कार्की । म बितेका केहि बर्षदेखि नियमित रुपमा ब्लग लेख्दै आएको छु । कम्प्युटरको सामान्य ज्ञान बाहेक थप जानकारी नभएको कारण मैले सिकाइ अवधिमा सानो सानो कुरामा पनि निकै दुख ब्योहोरेको छु । यो क्रम जारी छ अझै । यहाँ आफुले जानेका र सिकेका सकेसम्म धेरै कुराहरु समेट्नेछु । प्राविधिक ज्ञान नभएको म जस्तै अर्को सिकारुले मैले झैँ स-साना कुरामा अनावश्यक दुख भोग्नु नपरोस्, अंग्रेजी नजानेकै कारण सूचना प्रबिधिबाट कोही नेपाली ‘यो युग’बाट टाढा बस्नु नपरोस् । मेरो इच्छा यति हो । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

ganesh karki – who has written posts on Nepali Tech Blog.


Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)