Homeप्रविधि खबर

युट्युबको सब्सक्राइबर गन्ने सिस्टम बिग्रिदा …

हिजो बुधबार एक्कासी युट्युबको सब्सक्राइबर गणनामा अनौठो नाटक देखियो । कतिपय युट्युब च्यानलहरुले अत्याधिक संख्यामा सब्सक्राइबर एकाएक गुमाए । खासगरि ठुला च्यानलहरुले हिजो केहि घण्टामा मात्रै हजारौँ सब्सक्राइबर गुमाए । कारण थियो, युट्युबको सब्सक्राइबर गणना गर्ने सिस्टम ।

एकाएक सब्सक्राइबरको संख्या ह्वात्तै घटे पछि युट्युबले पक्कै पनि सिस्टममा केहि फेरवदल गरेको आशकां गर्न थालियो । उसो त बेला बेला युट्युबले नियमित प्रक्रियाकै रुपमा नक्कली प्रयोगकर्ताहरु हटाउँने गर्छ । यसबाट खरिद गरेर बढाइएका वा कुनै सफ्टवेयरका मद्दतले धेरै सब्सक्राइब पुर्याइएका च्यानलहरुको सब्सक्राइबर संख्या घट्ने गर्छ, जुन घटाइएको भन्दा पनि सरसफाइ गरिएको रुपमा लिन सकिन्छ । हिजो सब्सक्राइबर घटाइएका च्यानलहरुको संख्या भने निकै ठुलो थियो र तिनीहरुको दाबी अनुसार तिनीहरुले त्यस्ता नक्कली वा वनावटी कुनै तरिका प्रयोग गरेर सब्सक्राइबर बढाएका थिएनन् ।

यसै बिच अबेर राती युट्युबले जानकारी दियो कि यो सब्सक्राइबर गन्ने सिस्टममा आएको गडबढीको कारणले भएको थियो । सोमबारदेखि केहि च्यानलहरुमा यो गडबडी देखिएको छ र, त्यसमा सुधार गरिदैछ । भएको के रहेछ भने, सब्सक्राइबर र अनसब्सक्राइबरहरुको जोड घटाउमा गल्ति भएको रहेछ । जस्तै: १ हजार सब्सक्राइबर भएको च्यानलमा थप एक जनाले सब्सक्राइब गरेर पुन: अनसब्सक्राइब गर्यो भने १ हजार १ बाट घटाएर ९ सय ९९ देखाउँने रहेछ । यसको मतलब एक जना सब्सक्राइब थपिदा १ देखाउँने तर घट्दा कम्तिमा २ ले घट्ने हुँदा एक्कासी सब्सक्राइबरको संख्या घटेको रहेछ । र, युट्युबले थप प्रस्ट पार्दै जानकारी दियो कि यो गडबडीले देखिने संख्यामा मात्रै घटाउँने हो । यसले वास्तविक सब्सक्राइबर संख्यामा भने केहि पनि फेरवदल ल्याएको हुदैन ।

नमस्ते, म गणेश कार्की । म बितेका केहि बर्षदेखि नियमित रुपमा ब्लग लेख्दै आएको छु । कम्प्युटरको सामान्य ज्ञान बाहेक थप जानकारी नभएको कारण मैले सिकाइ अवधिमा सानो सानो कुरामा पनि निकै दुख ब्योहोरेको छु । यो क्रम जारी छ अझै । यहाँ आफुले जानेका र सिकेका सकेसम्म धेरै कुराहरु समेट्नेछु । प्राविधिक ज्ञान नभएको म जस्तै अर्को सिकारुले मैले झैँ स-साना कुरामा अनावश्यक दुख भोग्नु नपरोस्, अंग्रेजी नजानेकै कारण सूचना प्रबिधिबाट कोही नेपाली ‘यो युग’बाट टाढा बस्नु नपरोस् । मेरो इच्छा यति हो । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

ganesh karki – who has written posts on Nepali Tech Blog.


Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)