Homeसफ्टवेयर

आइफोन ढक्ढक्याउँदा खुल्छ म्याक कम्प्युटर

आफ्नो कम्प्युटरमा आफैलाई के को पासवर्ड नि । अरुले नचलाउन् भनेर पो राख्ने हो त पासवर्ड त, कि कसो ? तर प्रविधि न हो, के चिन्थ्यो ! आफ्नै हातलाई पनि पराइको हात जस्तो व्यवहार गर्दिने क्या =D । अनि हरेक पटक पासवर्ड हानेर बस्नु पर्ने । उस्तै बाठो मान्छे छेउमा पर्यो भने पासवर्ड थाहा पाउला भन्ने डर । उता फर्कि है म पासवर्ड हान्छु भनेर केटाकेटी पारा पनि देखाइहाल्न मिलेन (पहिले पहिले हामी यस्तै गर्थिम् क्या । किबोर्डमा चोर औँलाले घोचेर हानिन्थ्यो नि त पासवर्ड पनि) ।

अब त्यसो गरिरहनै नपर्ने भयो ।

Knock to Unlock भन्ने एप छ जसले तपाई पासवर्ड नहानीकन गोजीको आइफोन मोबाइलमा ढोका ढक्ढक्याए झै गर्दा म्याकबुक खुलाउँछ । तपाईले म्याकबुक खोलेपछि पासवर्ड माग्ने चरणमा पुग्नु हुन्छ तब नजिकैको आइफोनको स्रिकनमा दुइपटक ढोका ढक्याए झैँ गर्नुहोस्, म्याकबुक पासवर्ड नहानी आफैँ ओपन हुन्छ ।
knock
यो एपमा दुईटा अंगहरु छन्, पहिलो डेस्कटप एप जुन म्याकमा चल्छ र अर्को आइफोन एप । जब तपाईले आफ्नो आइफोनमा दुइपटक ढक्ढक्याउँनु हुन्छ, तब म्याकको एप सक्रिय हुन्छ र पासवर्ड इन्टर गर्छ ।

यसको मतलब तपाईको म्याकमा अब पासवर्ड नै प्रयोग भएको हुदैन भन्ने होइन नि । त्यसो भए पैसा तिरि तिरि किन पासवर्ड राख्ने ? एँ साच्चै, यो एपलाई पैसा पर्छ है । ३.९९ डलर तिरे पछि मात्रै यो एप डाउनलोड गर्न पाइन्छ । आइफोन टाढा भएको बेला वा आइफोनमा ढक्ढक्याउँन अल्छि लागेमा जति सुकै बेला पनि पासवर्ड आफैले थिचेर पनि कम्प्युटर खोल्न भने सकिन्छ । यसैले यो एप विशेष पासवर्ड हान्न वाक्क मान्ने तर कम्प्युटर सुरक्षित चै भइरहोस् भन्ने सोचाइ हुनेहरुका लागि मात्रै हो ।

यो एप अहिले म्याकको लागि मात्र पाइन्छ । विस्तारै विन्डोजका लागि पनि आउनेवाला छ रे । यसलाई बनाउँनेहरु अहिले विन्डोज भर्सनका लागि काम गरिरहेका छन् । एउटा आइफोन एउटैमात्र म्याकसँग काम गर्छ । यो एप राख्नका लागि तपाईको आइफोनमा आइओएस ७ चलेको हुनुपर्छ भने तपाईको म्याकमा माउन्टेन लायोन वा म्याक ओएस एक्स माभेरिक्स चाहिन्छ ।

कस्तो लाग्यो प्रबिधि ? मन परेको भए Knock to Unlock डाउनलोड गर्नुहोस्

नमस्ते, म गणेश कार्की । म बितेका केहि बर्षदेखि नियमित रुपमा ब्लग लेख्दै आएको छु । कम्प्युटरको सामान्य ज्ञान बाहेक थप जानकारी नभएको कारण मैले सिकाइ अवधिमा सानो सानो कुरामा पनि निकै दुख ब्योहोरेको छु । यो क्रम जारी छ अझै । यहाँ आफुले जानेका र सिकेका सकेसम्म धेरै कुराहरु समेट्नेछु । प्राविधिक ज्ञान नभएको म जस्तै अर्को सिकारुले मैले झैँ स-साना कुरामा अनावश्यक दुख भोग्नु नपरोस्, अंग्रेजी नजानेकै कारण सूचना प्रबिधिबाट कोही नेपाली ‘यो युग’बाट टाढा बस्नु नपरोस् । मेरो इच्छा यति हो । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

ganesh karki – who has written posts on Nepali Tech Blog.


Comments (2)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)