Homeअनलाइन कमाई

युट्युबले नियम फेर्यो : अब के होला ?

सामग्री निर्माणकर्ता (Content Creator) हरुको सुरक्षाका लागि भन्दै आफ्नो पार्टनर प्रोग्रामको सुरक्षा बढाएको युट्युबले हिजो जनाएको छ । हिजोबाट नै लागू हुने भनिएको नयाँ नियम अनुसार युट्युबले १० हजार भन्दा बढि भ्यु भएका च्यानलहरुमा मात्रै आफ्नो विज्ञापन देखाउँने छ । उसले विज्ञप्तिमा प्रस्ट बताएको छ कि युट्युबको पार्टनर प्रोग्राममा सहभागी हुनका लागि १० हजार भ्युको थ्रेसहोल्ड राखिएको छ । केहि दिनमा थप नियमहरु ल्याइने पनि उसले बताएको छ । योसँग सम्बन्धित सम्भावित प्रश्नहरुको जवाफ खोजौँ ।

१. अब युट्युबमा भिडियो राखेर कमाउँन सकिदैन ?

यसको जवाफ स्वयम् भिडियो राख्नेहरुले दिन सक्छन् । युट्युबमा राखिने भिडियोह कस्ता र कसका भन्ने कुराले युट्युबबाट कमाउँन सकिन्छ कि सकिदैन भन्ने कुराको निर्धारण गर्छ । यदि तपाईका भिडियोहरु युट्युबको कपिराइट पोलिसी र कम्युनिटी गाइडलाइन्स भित्र अटाएका छन् भने तपाईलाई यसले केहि समस्या पार्दैन बरु उल्टो तपाईको सामग्रीहरु अर्कैले चोर्ने वा अपलोड गर्ने सम्भावनालाई घटाउँछ ।

२. अनि १० हजार भ्युको थ्रेसहोल्ड चै ?

व्यवसायिक रुपमा युट्युबमा भिडियो बनाउँनेहरुका लागि १० हजार भ्यु ठुलो कुरा होइन । यो १० हजार भ्यु कुनै भिडियोको भ्यु नभएर समस्त च्यानलहरुको सुरुको १० हजार भ्यु भनिएको हो । वास्तवमा १० हजार भ्युबाट आउँने रकम पनि एकदमै कम हुन्छ । तपाईले गुमाउँने भनेको त्यहि एकदमै कम रकम मात्रै हो तर त्यसवापत तपाईले आफ्नो सामग्रीको सुरक्षा पाउँनु हुनेछ ।

३. मेरोमा १० हजार भ्यु भन्दा पनि कम भ्युको पैसा छ त, त्यो के हुन्छ ?

युट्युबले बताए अनुसार हिजोसम्म कमाइ भएको रकम तपाईको नै हुनेछ ।

४. भने पछि खासै परिवर्तन भएको होइन ?

गजबको परिवर्तन भएको छ । युट्युबका अनुसार यो प्रारम्भिक परिवर्तन हो । उसले चाँडै नै १० हजार भ्यु नाघे पछि युट्युब पार्टनर प्रोग्रामको लागि सहि छ कि छैन भनेर रिभ्यु गर्न थाल्ने छ । अर्थात तपाईले १० हजार भ्यु नाघे पछि मात्रै त्यसमा एप्लाइ गर्नु हुनेछ । यसको अर्थ हो अब युट्युबको पार्टनर प्रोग्राममा छिर्न पनि एडसेन्स जस्तै फलामको च्युरा चपाउँन सरह हुनेछ ।

वास्तवमा युट्युबले गर्न लागेको यो परिवर्तन सामग्री निर्माताको लागि भनिए पनि भर्खरै ठुला कम्पनीहरुले विज्ञापन रोके तर्फ बढि लक्षित छ । केहि समय पहिले ठुला कम्पनीहरुले गुगलको विज्ञापन छोडेका थिए र त्यो क्रम थपिदो छ । यसलाई रोक्न पनि युट्युबले कडाइ गर्न आवश्यक थियो जसको सुरुवात उसले युट्युबमा गरिसकेको छ ।

नमस्ते, म गणेश कार्की । म बितेका केहि बर्षदेखि नियमित रुपमा ब्लग लेख्दै आएको छु । कम्प्युटरको सामान्य ज्ञान बाहेक थप जानकारी नभएको कारण मैले सिकाइ अवधिमा सानो सानो कुरामा पनि निकै दुख ब्योहोरेको छु । यो क्रम जारी छ अझै । यहाँ आफुले जानेका र सिकेका सकेसम्म धेरै कुराहरु समेट्नेछु । प्राविधिक ज्ञान नभएको म जस्तै अर्को सिकारुले मैले झैँ स-साना कुरामा अनावश्यक दुख भोग्नु नपरोस्, अंग्रेजी नजानेकै कारण सूचना प्रबिधिबाट कोही नेपाली ‘यो युग’बाट टाढा बस्नु नपरोस् । मेरो इच्छा यति हो । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

ganesh karki – who has written posts on Nepali Tech Blog.


Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)