Homeअनलाइन कमाई

ठुला कम्पनीहरु गुगलको विज्ञापन छोड्दै

आफ्नो विज्ञापनहरु गुगलले अपमानजनक तथा अनुपयुक्त स्थानमा देखाएको भन्दै केहि ठुला कम्पनीहरुले गुगलमा विज्ञापन दिन रोक लगाएका छन् । गुगलले आफ्नो विज्ञापन लिने प्लेटफर्म गुगल एडवर्डमा विज्ञापन लिएर युट्युबमा लगायत एडसेन्स मार्फत अन्य प्रकाशकहरुका वेबसाइट तथा एपहरुमा विज्ञापन गर्ने गर्दछ । युट्युबका समग्र भिडियो तथा सबै प्रकाशकहरुको सामग्री अध्ययन नगरी आफ्नो विज्ञापन जहाँ सुकै देखाएको भन्दै ठुला कम्पनीहरुले गुगलमा विज्ञापन नदिने निर्णय गरेका हुन् ।

यस्तो निर्णय गर्दै गुगलको विज्ञापन छोड्ने ठुला कम्पनीहरु यस्ता छन् :-

१. एटि एन्ड टि

२. भेरिजोन

३. भोल्सवागन

४. इन्टरप्राइज होल्डिङ्स

५. हाभाज्

६. बेलायती सरकार

७. लियोड्स ब्यांकिङ ग्रुप

८. म्याकडोनाल्डस्

९. लोरेल

१०. टेस्को

११. रिनाउल्ट

१२. होन्डा

१३. ओटु

१४. रोयल बैंक अफ स्कटल्यान्ड

१५. च्यानल ४

गुगलले आफ्नो आम्दानीको तिन चौथाइ भन्दा बढि आम्दानी विज्ञापनबाट नै गर्ने गर्छ । यसरी एक पछि अर्को गर्दै ठुला कम्पनीहरुले विज्ञापन छोड्दै जाँदा गुगललाई आर्थिक तथा नैतिक समस्याहरु थपिन सक्छन् । यसो त, विज्ञापन रोक्ने कम्पनीहरुले पनि गुगलसँग छलफल हुँदै गरेको र गुगलले आफ्ना समस्याहरुलाई कसरी सम्बोधन गर्छ भन्ने कुराले भविष्यमा फेरि विज्ञापन सुचारु गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने बताएका छन् । तर पनि गुगलले भोगेको यो समस्याले कतै इन्टरनेट विज्ञापन जोखिममा त छैन भन्ने प्रश्न उठाएको छ । यसैले चाँडै नै यी कुराहरु सम्बोधन गर्दै गुगलले आफ्ना प्रकाशक तथा सामग्री निर्माणकर्ताहरुका लागि कडाइ गर्ने नियम नल्याउँला भन्न सकिदैन ।

नमस्ते, म गणेश कार्की । म बितेका केहि बर्षदेखि नियमित रुपमा ब्लग लेख्दै आएको छु । कम्प्युटरको सामान्य ज्ञान बाहेक थप जानकारी नभएको कारण मैले सिकाइ अवधिमा सानो सानो कुरामा पनि निकै दुख ब्योहोरेको छु । यो क्रम जारी छ अझै । यहाँ आफुले जानेका र सिकेका सकेसम्म धेरै कुराहरु समेट्नेछु । प्राविधिक ज्ञान नभएको म जस्तै अर्को सिकारुले मैले झैँ स-साना कुरामा अनावश्यक दुख भोग्नु नपरोस्, अंग्रेजी नजानेकै कारण सूचना प्रबिधिबाट कोही नेपाली ‘यो युग’बाट टाढा बस्नु नपरोस् । मेरो इच्छा यति हो । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

ganesh karki – who has written posts on Nepali Tech Blog.


Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)