Homeसफ्टवेयर

तपाई आफ्नो मोबाइल दिनमा कति पटक छुनु हुन्छ ? कतै मोबाइलको कुलतमा त हुनुहुन्न ? जान्नुहोस्

तपाई आफ्नो मोबाइल दिनमा कति पटक छुनु हुन्छ ? कहिलै यस्तो जानकारी लिनु भएको छ ? एक छिन पर्खनुहोस् ।

मोबाइल यो युगको अचम्मै लाग्दो चमत्कारी वरदान हो । यसका कति फाइदा छन् वा यसले कस्तो कस्तो चमत्कार गरेको छ भन्ने कुरा म यहाँ लेख्न लागिरहेको होइन । मेरो आजको पोस्टको कारण हो, मोबाइलको कुलत ।

अचेल साथीभाई वा परिवारसँग बस्दा आफैलाई वा आफ्ना साथी वा आफन्तलाई याद गर्नु भएको छ ? सबै चुपचाप लागेका हुन्छन् र मोबाइलमा एकोहोरिएका हुन्छन् । यो तपाई वा मेरा साथी वा परिवारका मान्छेहरुको मात्रै बानी होइन, संसारभरका मानिसहरु जो स्मार्ट फोन बोक्ने गर्छन्, ति सबैका लागि यो साझा लत हो । मोबाइल चलाउँने बानी यति धेरै भइसक्यो कि यसलाई अब कुलत वा दुर्व्यसनका रुपमा लिन थालिएको छ ।

अरुले गरिरहदा मोवाइल चलाइरहने बानी दिक्कलाग्दो वा हास्यास्पद लाग्न सक्छ तर आफु स्वयम् यहि बानीमा फँसिरहेको भने थाहा नहुन सक्छ । तपाईले कहिलै यो कुरा याद गर्नु भएको छ कि तपाई आफ्नो मोबाइल दिनमा कति पटक चलाउँनु हुन्छ ? फोन वा एसएमएस आएका बेला त सामान्य कुरा हो तर बिनाकारण कति पटक तपाई मोबाइलको स्क्रिन अन गर्नु हुन्छ ?

यहाँ आज म त्यस्तै एउटा एपका बारेमा जानकारी सेयर गर्दैछु जसले तपाईको मोबाइल खेलाउँने बानीलाई पछ्याउँछ । यसले तपाईले मोबाइलको स्क्रिन कति पटक उज्यालो पार्नु हुन्छ भन्ने ट्रयाक गरिरहन्छ । दिनभरको आफ्नो बानीलाई हेरेर तपाईले आफु मोबाइलको कुलतमा फस्न लागेको वा नलागेको भन्ने थाहा पाउँनु हुनेछ ।

यसका लागि तपाईले आफ्नो मोबाइलमा निशुल्क रुपमा पाइने चिक्की (Checky) नामको मोबाइल एप राख्नु पर्ने हुन्छ ।

चिक्की एप इन्स्टल गर्न

यो एप एन्ड्रोइड र आइओस दुवै भर्सनमा उपलब्ध छ । तपाईले सोझै प्ले स्टोर वा एप स्टोरमा Checky – Phone Habit Tracker सर्च गरेर इन्स्टल गर्न सक्नु हुनेछ । अथवा, तलको लिंकमा क्लिक गरेर इन्स्टल गर्दा पनि हुन्छ ।

एन्ड्रोइडका प्रयोगकर्ताहरुले यहाँ क्लिक गर्नुहोस्

आइओसका प्रयोगकर्ताहरुले यहाँ क्लिक गर्नुहोस्

एप इन्स्टल भइसके पछि ओपन गर्नुहोस् र त्यसपछि देखिने चरणहरु पार गर्नुहोस् ।

साथीको बानीसँग आफ्नो बानी तुलना गर्नुहोस्

तपाईले एप भित्रैबाट साथीसँग लिंक सेयर गरेर आफु र आफ्नो साथीको मोबाइल चलाउँने बानीको तुलना गर्न पनि सक्नु हुनेछ ।

एपको कमजोरी

यो एप एकदिनका लागि आफ्नो मोबाइलको व्योहोरा हेर्नका लागि ठिक हुन्छ तर हरेक दिनका लागि भने यो त्यति उपयोगी हुदैन । मोबाइल चलाएको संख्या मापन गर्न यो एप ओपन भइरहेको हुन पर्छ जसले गर्दा मोबाइलको ब्याट्री कम टिक्ने हुन्छ ।

स्कुल वा कलेज पढ्नेहरुका लागि एउटा गजबको एप जसले बिना इन्टरनेट वा एसएमएसको खर्च नगरिकन साथीहरुसँग च्याट गर्न सकिन्छ । इन्टरनेटको सट्टा यसले तपाईको मोबाइलको ब्लूतुथ प्रयोग गर्छ । यसैले म्यासेज पठाउँन वा पाउँन तपाईको मोबाइलको ब्लूतुथ सक्रिय भएको हुनु पर्छ । यसको कमजोरी भनेको ब्लूतुथको परिधिभित्रमात्रै म्यासेज पठाउँन र पाउँन सकिने हुनु हो । यसले तपाईको कक्षाकोठाभित्र म्यासेज लिन र पठाउँन भने उपयुक्त हुन्छ । कक्षाकोठा भित्र साथीभाइसँग च्याटिङ गर्न यो भन्दा राम्रो विकल्प अरु कुनै हुन्छ र ? सित्तैमा जति पनि म्यासेज गरे भयो । कागजमा लेखेर चलखेल त गरिरहनु पर्दैन । यहाँ क्लिक गरेर पुरा पढ्नुहोस् ।

तपाईलाई यो पोस्ट कस्तो लाग्यो ? उपयोगी लागेमा सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।

नमस्ते, म गणेश कार्की । म बितेका केहि बर्षदेखि नियमित रुपमा ब्लग लेख्दै आएको छु । कम्प्युटरको सामान्य ज्ञान बाहेक थप जानकारी नभएको कारण मैले सिकाइ अवधिमा सानो सानो कुरामा पनि निकै दुख ब्योहोरेको छु । यो क्रम जारी छ अझै । यहाँ आफुले जानेका र सिकेका सकेसम्म धेरै कुराहरु समेट्नेछु । प्राविधिक ज्ञान नभएको म जस्तै अर्को सिकारुले मैले झैँ स-साना कुरामा अनावश्यक दुख भोग्नु नपरोस्, अंग्रेजी नजानेकै कारण सूचना प्रबिधिबाट कोही नेपाली ‘यो युग’बाट टाढा बस्नु नपरोस् । मेरो इच्छा यति हो । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

ganesh karki – who has written posts on Nepali Tech Blog.


Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)