Homeप्रविधि खबर

जति बेलै मान्छे फेसबुकमा झुन्डिए भन्दै ल्यायो फेसबुकले यस्तो परिवर्तन, तपाईकोमा आइपुग्यो ?

शिर्षकले नै तपाईले धेरै कुरा थाहा पाइसक्नु भयो होला तर मानिसहरु जति बेलै फेसबुकमै झुन्डिरहेको भन्ने थाहा पाउँन शिर्षक पढिरहनु पनि पर्दैन । आफुलाई हेरे पुग्छ । अथवा, एकछिन सडकमा वा स्कुल कलेजमा वा खाजाघरमा हेरे पनि थाहा पाइन्छ । अझ भनौँ, यो हामीले थाहा पाइरहेकै कुरा हो ।

हाम्रा हरेक कुराको चियोचर्चो गरे झै थाहा पाइरहेको फेसबुकले यति कुरा थाहा नपाउँने कुरै भएन । यसैले फेसबुकका सिइओ मार्क जुकरबर्गले मानिसहरु असाध्यै धेरै समय फेसबुकमा व्यस्त रहन थाले पछि यसका बारेमा मुख खोलेका छन् ।

हिजो आफ्नो प्रोफाइलमा स्टाटस राख्दै उनले भनेका छन् कि ‘फेसबुक रमाइलो गर्ने कुरा मात्रै होइन, यो मानिसहरुको र समाजको जीवनशैली नै राम्रो बनाउँनका लागि पनि हो ।‘ यसको व्यवहारिक प्रयोग गर्न फेसबुकले आफ्नो ‘अल्गोरिदम’मा केहि परिवर्तनहरु ल्याउँदैछ जसले टाइमलाइनमा भाइरल भिडियो तथा समाचारहरु कम गर्दै व्यक्तिगत पोस्टहरु बढाउँने छ ।

जुकरबर्गले भनेका छन्, “फेसबुकले मान्छे र समुहहरुलाई जोड्छ । मानिसहरुको अर्थपुर्ण सम्बन्धनहरु बढाउँछ । योसँगै मानिसहरु यो अवास्तविक संसारमा कति समय व्यस्त रहदैछन् भन्ने कुराको पनि अध्ययन गर्नेछ ।” फेसबुकले गरेको परिवर्तनले अहिले नै मानिसहरुले फेसबुकमा बिताउँने समय कटौति गर्न थालेको जुकरबर्गको दाबी छ । उनले दैनिक करिब ५ करोड घण्टा समय कटौति गर्न सकेको बताएका छन् । बिस्तारै यो थप बढ्ने उनको दाबी छ ।

फेसबुकले के परिवर्तन गर्ने भयो ?

जुकरबर्गको स्टाटसबाट थाहा हुन्छ कि फेसबुक केवल समाचार हेर्ने वा बिषयहरु भाइरल बनाउँने ठाउँ मात्रै होइन । यसले मानिसहरुलाई निकट बनाउँछ । मानिसहरुलाई जोड्छ र संवाद गर्न सजिलो बनाउँछ । फेसबुकको सुरुवात यसरी नै भएको थियो । आफ्नो सुरुवाती मान्यतालाई नै स्थापित गर्न फेसबुकले केहि परिवर्तनहरु गर्न थालेको छ ।

१. जो सुकैले जस्तासुकै समाचार तथा भिडियो फेसबुकमा राख्नाले गलत समाचारहरु फेलिरहेका छन् । यसैले बढि लाइक भएकै कारण कुनै पनि पेजहरुका पोस्ट धेरै मानिसहरुसम्म पुग्ने छैनन्, बरु कम लाइक भए पनि आधिकारिक समाचार तथा जानकारी राख्ने पेजका पोस्टहरु धेरै मानिससम्म पुग्नेछन् ।

२. समाचार र अनावश्यक भिडियोहरु हेरेर मानिसहरु बढि समय फेसबुकमा व्यस्त रहने गरेका छन् । यसैले अब अन्य पेजहरुका पोस्टहरु भन्दा साथी तथा आफन्तका स्टाटसहरु टाइमलाइनमा देखिनेछन् । यसले प्रयोगकर्ताहरुको फेसबुकमा व्यस्त रहने समय घटाउँने छ ।

३. समाजलाई विभाजन गर्ने तथा आतकं फैलाउँने सन्देश तथा जानकारीहरु तुरुन्तै हटाइनेछन् । यी यति छिटो हटाइन थालिएको छ कि कुनै पोस्ट एकैजनाले देख्न सम्म पाएका हुदैनन् ।

यी सबै परिवर्तनहरुको उद्देष्य एउटै रहेको देखिन्छ – फेसबुकलाई मानविय सम्बन्धमा जोडिरहनु ।

अब एकछिन रमाइलो गरौँ

फेसबुकमा मानिसहरु धेरै झुन्डिने प्रवृतिलाई व्यंग्य गर्दै बनाइएका केहि तस्विरहरु जसलाई मैले संकलन गरेर यहाँ राखेको छु ।

नोट : यसमा भएका जानकारीहरु मार्क जुकरबर्गको फेसबुक स्टाटसबाट लिएका हुन् । यदि उनको स्टाटस जस्ताको तस्तै पढ्ने भए यहाँ क्लिक गर्नुहोस् (लिंक नयाँ ट्याबमा खुल्नेछ ।)

तपाईलाई यो जानकारी अरुलाई उपयोगी हुन सक्छ भन्ने लाग्छ भने कृपया सेयर गर्नुहोला ।

नमस्ते, म गणेश कार्की । म बितेका केहि बर्षदेखि नियमित रुपमा ब्लग लेख्दै आएको छु । कम्प्युटरको सामान्य ज्ञान बाहेक थप जानकारी नभएको कारण मैले सिकाइ अवधिमा सानो सानो कुरामा पनि निकै दुख ब्योहोरेको छु । यो क्रम जारी छ अझै । यहाँ आफुले जानेका र सिकेका सकेसम्म धेरै कुराहरु समेट्नेछु । प्राविधिक ज्ञान नभएको म जस्तै अर्को सिकारुले मैले झैँ स-साना कुरामा अनावश्यक दुख भोग्नु नपरोस्, अंग्रेजी नजानेकै कारण सूचना प्रबिधिबाट कोही नेपाली ‘यो युग’बाट टाढा बस्नु नपरोस् । मेरो इच्छा यति हो । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

ganesh karki – who has written posts on Nepali Tech Blog.


Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)