Homeप्रविधि खबर

आइफोन ७ का मोडलहरुको लजिक बोर्डमा समस्या देखियो, अपडेट गरेर समाधान हुदैन – एप्पल

आइफोन ७ का मोडलहरुमा समस्या भए एप्पलले सित्तैमा बनाइदिने भएको छ । तपाई भन्नुहोला यो के नयाँ खबर भयो र ? यसै पनि आइफोन लगायतका एप्पलका उत्पादनहरुमा भएका गडबडीहरु एप्पलको आधिकारिक मर्मत स्थानहरुबाट सित्तैमा बनाउँन सकिन्छ । हो तर त्यस्तो मर्मतका केहि शर्तहरु हुन्छ ।

तपाईको मोबाइलमा आएका सफ्टवेयरका समस्याहरु सित्तैमा बनाइन्छन्, हार्डवेयरमा हुने गडबडीको लागि होइन ।

यसैले आइफोन ७ का मोडलहरुमा समस्या भए एप्पलले सित्तैमा बनाइदिने कुराले आइफोन ७ का मोडलहरु प्रयोग गर्नेहरुका लागि खुसीको खबर हुन सक्छ । अब आइफोन ७ मोडलमा देखिएको एउटा खराबी हटाउँन एप्पल स्वयम सहयोगमा आउँने भएको छ ।

तपाई यदि आइफोन ७ मोडल चलाउँनु हुन्छ र तपाईको मोबाइलले अनावश्यकरुपमा बेला बेला नो सर्भिस ‘No Service’ देखाउँछ भने यो तपाईको मोबाइलको समस्या होइन । रिपोर्टहरुले बताए अनुसार आइफोन ७ का मोडलहरुमा यो समस्या देखिएको एप्पलको उत्पादनकै समस्या हो । यो कुरालाई एप्पलले पनि स्विकार गरेको छ ।

केहि समय देखि आइफोन ७ मोडलमा नो सर्भिस ‘No Service’ देखाउँने समस्याले धेरै प्रयोगकर्तालाई वाक्क बनाएको छ । एकदमै राम्रो नेटवर्क भएको ठाउँमा पनि यसले मोबाइल नेटवर्क टिप्दैन र नो सर्भिस ‘No Service’ देखाउँछ ।

एप्पलले बताएको छ कि केहि प्रतिशत आइफोन ७ मोडलमा यस्तो समस्या देखिएको छ । र, यस्तो समस्या देखिएका फोनहरुका लागि निशुल्क मर्मत गरिनेछ ।

सफ्टवेयरमा समस्या होइन – एप्पल

खराब समाचार यो छ कि आइफोन ७ मोडलमा देखिएको समस्या सफ्टवेयरसँग सम्बन्धित छैन । सफ्टवेयर अपडेट गरेर यो समस्या सुल्झिदैन । एप्पलले भनेको छ यो समस्या लोजिक बोर्डको खराबी हो र यसलाई भौतिकरुपमै मर्मतको आवश्यकता पर्दछ ।

एप्पलका अनुसार सेप्टेम्बर २०१६ देखि फेब्रअरी २०१८ सम्म निर्मित फोनसेटहरुमा यो समस्या देखिएको छ ।

नमस्ते, म गणेश कार्की । म बितेका केहि बर्षदेखि नियमित रुपमा ब्लग लेख्दै आएको छु । कम्प्युटरको सामान्य ज्ञान बाहेक थप जानकारी नभएको कारण मैले सिकाइ अवधिमा सानो सानो कुरामा पनि निकै दुख ब्योहोरेको छु । यो क्रम जारी छ अझै । यहाँ आफुले जानेका र सिकेका सकेसम्म धेरै कुराहरु समेट्नेछु । प्राविधिक ज्ञान नभएको म जस्तै अर्को सिकारुले मैले झैँ स-साना कुरामा अनावश्यक दुख भोग्नु नपरोस्, अंग्रेजी नजानेकै कारण सूचना प्रबिधिबाट कोही नेपाली ‘यो युग’बाट टाढा बस्नु नपरोस् । मेरो इच्छा यति हो । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

ganesh karki – who has written posts on Nepali Tech Blog.


Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)