Homeब्लगिङ

नेपालीटेकब्लग (nepalitechblog) – एउटा अर्को नेपाली टेक ब्लग

blogकुनै पनि विचारहरु नयाँ हुदैनन् रे । अनि, सँगसँगै पुराना पनि हुन्नन् रे । पहिले कसैले सोचिसकेको होला भनेर सोच्न छोड्ने र पहिले कसैले थालिसकेको होला भने सुरु नगर्ने हो भने कहाँ पुगिएला ? जीवन कस्तो होला ? यो त अति प्रवचन पो भयो कि क्या हो ! खासमा म आज एउटा प्रबिधिसँग सम्बन्धित नेपाली ब्लग चलाउँने विचारमा पुगेको छु । गन्ने हो भने नेपालीमा यस्ता ब्लगहरु धेरै होलान् । तर अनुभवमा आधारित मेरो यो ब्लग अरुभन्दा भिन्न होला भन्ने आशा गर्छु ।

यसमा अचम्मै गजबका जानकारीहरु दिनेछु र तपाईले बुझेको प्रबिधिलाई नयाँ शिरादेखि बुझाउँनेछु भन्ने हैन मेरो उद्देष्य । खासमा मैले आफ्नै दुखले गुगल गर्दै जानेको छु धेरैथोरै कुराहरु । साना भन्दा साना कुरा जान्नका लागि पनि निकै दुख उठाएको छु मैले । यसैले यो ब्लगमा म तिनै साना कुराहरुको बारेमा लेख्नेछु । जसको कारण फेरि कसैले त्यही जानकारीका लागि पसिना बगाउँनु नपरोस् ।

यो ब्लगमा तपाईले निम्न कुराहरुका बारेमा जानकारी पाउँनु हुनेछ :
१. ब्लगिङ निर्माण र विकास
२. अनलाइन कमाई
३. मोबाइल र कम्प्युटरका सामान्य ह्याकिङहरु
४. सफ्टवेयर
५. सोसल साइटहरु
६. प्रबिधिका सूचना, जानकारी तथा अफरहरु

आउँदै गर्नुहोला र कमेन्ट गर्दै गर्नुहोला । तपाईले आफुलाई आवश्यक परेको जानकारीका बारेमा मलाई सोझै सोध्न सक्नुहुनेछ । यसका लागि सम्पर्क पेजमा गएर आफ्नो समस्या लेख्नुहोस् ।

वा, कुनै पनि ब्लगमा कमेन्ट गरे हुन्छ ।

नमस्ते, म गणेश कार्की । म बितेका केहि बर्षदेखि नियमित रुपमा ब्लग लेख्दै आएको छु । कम्प्युटरको सामान्य ज्ञान बाहेक थप जानकारी नभएको कारण मैले सिकाइ अवधिमा सानो सानो कुरामा पनि निकै दुख ब्योहोरेको छु । यो क्रम जारी छ अझै । यहाँ आफुले जानेका र सिकेका सकेसम्म धेरै कुराहरु समेट्नेछु । प्राविधिक ज्ञान नभएको म जस्तै अर्को सिकारुले मैले झैँ स-साना कुरामा अनावश्यक दुख भोग्नु नपरोस्, अंग्रेजी नजानेकै कारण सूचना प्रबिधिबाट कोही नेपाली ‘यो युग’बाट टाढा बस्नु नपरोस् । मेरो इच्छा यति हो । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

ganesh karki – who has written posts on Nepali Tech Blog.


Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)