Homeकसरी गर्ने

होमपेजमा एक्सिर्प्ट्स/साराशं मात्र कसरी देखाउँने ?

ब्लग वा वेबसाइटको होमपेजमा पुरै लेख देखाउँनु भिजिटरमैत्रि हुन्न । लामा लामा लेखहरुले होमपेजको लम्बाइ बढाउँछन् । यसो हुँदा पहिलो त पाठकहरुलाई पहिलो देखि तलका पोस्टहरु हेर्न अनावश्यक स्क्रोल गर्दै जानु पर्ने हुन्छ भने यस्तो लामा लामा पोस्टहरुले वेबसाइटको लोडिङ समय बढाउँछन् । यसैले सकेसम्म होमपेजमा लेखको केहि भाग राखेर पुरा लेखका लागि सिंगल पोस्टमा पुर्याउँनु राम्रो हुन्छ । लेखको जति भाग होमपेजमा देखाउँनु पर्ने हो त्यतीमा क्लिक गरेर ‘पुरा पढ्नुहोस्’ भन्ने लिंक राख्न सकिन्छ ।

आज हामी यो पोस्टमा होमपेजमा एक्सिर्प्ट्स/साराशं मात्र कसरी देखाउँने भन्ने बारेमा छलफल गरौँ । सबैभन्दा पहिले बुझ्नु पर्ने कुरा के हो भने मैले यहाँ साराशं भनेर पुरै लेखको भावलाई सानो लेखमा देखाउँने भन्न खोजेको होइन । पुरा लेखको थोरै भाग जुन होमपेजमा देखिन्छ, त्यसलाई सजिलोको लागि साराशं भनेको हुँ । जस्तो तपाईले यो लेखको थोरै भागमात्र होमपेजमा देख्नुहुन्छ भने पुरा लेख पढ्नका लागि सिंगल पोस्टमै आउँनु पर्ने हुन्छ ।

१. अटोमेटिक साराशं देखाउँन : कतिपय थिमहरुले स्वत: होमपेजमा साराशंमात्र देखाउँने व्यवस्था गरेका हुन्छन् । यस्तोमा तपाईले आफुले चाहे जति साराशं देखाउँन यति शब्द वा यति क्यारेक्टर देखाउँने भनेर सेटिङ गर्न सक्नुहुन्छ । एक पटक सेटिङ गरेपछि होमपेजमा आफै साराशंमात्रै देखिन थाल्छन् ।

२. पोस्ट लेखेको समयमा मिलाउँन : यसका लागि तपाईले पोस्ट लेखेकै समयमा कोड राख्न सक्नुहुन्छ । यति चै होमपेजमा देखाउँने र बाँकी हेर्न सिंगल पोस्टमै पुग्नु पर्ने एकै क्लिकले बनाउँन सकिन्छ । यसका लागि तलको तस्विर हेर्न सक्नुहुन्छ ।

यो तस्विरमा तपाईले पोस्ट लेख्ने दुबै अवस्था (visual र text) मा कसरी कोड राख्ने भन्ने देख्नुहुन्छ ।

how_to_show_excerpt_in_homepage
तपाईले आवश्यक परेको ठाउँमा यो कोड <!–more–> लेखेर पनि साराशं छुट्याउँन सक्नुहुन्छ ।

बोनस टिप्स : लेखको थोरै भाग होमपेजमा देखाउँदा लेखको माथिल्लो भाग मात्रै देखिन्छ । यसकारण पोस्टमा भएको मुख्य जानकारीका लागि सानो भुमिका मात्रै लेख्नुहोस् । यदि आफ्नो लेखको मुख्य जानकारी नै माथिल्लो भागमा लेखिसक्नु भयो भने भिजिटरलाई तपाईको पुरा लेख पढ्ने जरुरी नै हुदैन । यसैले सकभर लेखको भाव जानकारी दिने तर कौतुहललाई थप बढाउँने गरि माथिल्लो भाग लेख्नु पर्छ । “थप जानकारीका लागि पुरा लेख पढ्न क्लिक गर्नुहोस्” वा “पुरा लेख पढ्नुहोस्” जस्ता वाक्यांशमा साराशं टुंग्याउँनु भएको छ भने भिजिटरले पुरा लेख पढ्ने सम्भावना बढि हुन्छ । तर यसो भन्दैमा लेखलाई अतिरञ्जित नगर्नुहोला ।

नबिर्सिनुहोस्, जसरी भएपनि झुक्याएर एकपटक भिजिटर ल्याउँदैमा तपाईको जित हुन्न किनकि राजमार्गमा बेच्न राखिएको खाना जस्तो होइन ब्लग । जति राम्रो लेख र प्रस्तुति तथा जानकारी दिन सक्नुहुन्छ उति नै भिजिटरहरु तानिनेछन् ।

अझ थप केहि जानकारी चाहिएमा अथवा तपाईले यो पोस्ट हेरेर नयाँ कुरा थाहा पाउँनु भएको भए सेयर र कमेन्ट गर्न नभुल्नु नी ।

नमस्ते, म गणेश कार्की । म बितेका केहि बर्षदेखि नियमित रुपमा ब्लग लेख्दै आएको छु । कम्प्युटरको सामान्य ज्ञान बाहेक थप जानकारी नभएको कारण मैले सिकाइ अवधिमा सानो सानो कुरामा पनि निकै दुख ब्योहोरेको छु । यो क्रम जारी छ अझै । यहाँ आफुले जानेका र सिकेका सकेसम्म धेरै कुराहरु समेट्नेछु । प्राविधिक ज्ञान नभएको म जस्तै अर्को सिकारुले मैले झैँ स-साना कुरामा अनावश्यक दुख भोग्नु नपरोस्, अंग्रेजी नजानेकै कारण सूचना प्रबिधिबाट कोही नेपाली ‘यो युग’बाट टाढा बस्नु नपरोस् । मेरो इच्छा यति हो । मलाई फेसबुकमा, ट्विटरमा भेट्न सक्नुहुनेछ । मेरो बारेमा थप जानकारी यहाँ पाउँनु हुनेछ

ganesh karki – who has written posts on Nepali Tech Blog.


Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)