सबैभन्दा राम्रो दरमा आफ्नै कम्प्युटरबाट नेपालमा रकम पठाउँनुहोस्
यो लेख जानकारीका लागि लेख्दैछु । यसैले भुमिका बाँधिरहन आवश्यक नहोला । नत्र औपचारिकताका लागि भुमिका बाध्नै पर्दा म लेख्न सक्थेँ कि नेपाल रेमिट्यान्सले धानिएको देश हो । म थप लेख्न सक्थेँ कि झन्डै आधा करोड नेपालीहरु विदेशी भुमिमा रगत, पसिना बगाउँदैछन् र जेनतेन जोगाएको पैसा नेपाल पठाउँछन् । यसलाई थप पुष्टि गर्न अलिकति भावुकता… (0 comment)

जान्नुहोस् – फेसबुकको पोस्टहरु पछि हेर्ने गरि सेभ गर्ने तरिका
आज एकजना दाईले फेसबुकमा सोध्नु भयो – “भाई, आज बिहानै एउटा गजबको जोक्स फेसबुकमा देखेको थिएँ । अहिले परिवारलाई सुनाम् भनेर खोजेको मरे भेटेको होइन । स्क्रोल गर्दा गर्दा हैरान भएँ । कुनै उपाय छैन फेरि भेट्टाउँने ? मैले कसले पोस्ट गरेको थियो भन्ने पनि बिर्सेछु ।” “या त नाम थाहा पाएर उसको प्रोफाइलमा गएर… (0 comment)

फेसबुकको फोटो वास्तविक हो कि झुटो, कसरी थाहा पाउँने ?
कुनै अमुक लक्ष्यका साथ सम्पादन गरिएका अथवा फरक ठाउँ वा फरक समयको फोटोलाई सेयर गरेर नकारात्मक सन्देश फैलाउँनेहरुको बिगबिगी छ सामाजिक साइटहरुमा । नजानेर वा नियतवश सेयर गरिने यस्ता फोटोहरुले हेर्नेलाई मानसिक आघात पुर्याउँछ नै, सामाजिक सद्भाव खल्बल्याउँने डर पनि हुन्छ । एकपटक आफ्नो फेसबुकको टाइमलाइन विचार गर्नुस् त, मलेसियामा नेपालीहरुलाई यसो गरे भनेर हेरिनसक्नुकाे… (2 comments)

दह्रो पासवर्ड बनाउँन यसो गर्नुस्, नेपाली टाइप गर्न जान्नेका लागि त झन् सजिलो
पहिले आफ्नो बानी लेखेर अरु कुरा सुरु गर्छु । बानी हो पासवर्डको । इन्टरनेटमा क्रेडिट कार्डको डिटेल र मोबाइल नम्बर नचाहिने वेबसाइटहरुमा सकभर साइन अप गरेर आफ्नो एकाउन्टबाट ति वेबसाइटहरु चलाउँने बानी छ मेरो । यसैले अनगिन्ती वेबसाइटमा अनगिन्ती पासवर्डहरु छन् मेरा । हुन त प्राय एउटै कम्प्युटरबाट उहि ब्राउजर चलाइने हुनाले पासवर्डहरु स्वत: सेभ… (0 comment)

सर, मलाई एउटा ब्लग खोलिदिनु न ! भन्नेहरुलाई जवाफ
म उही किसिमका म्यासेजहरु फेसबुकमा पटक पटक पाउँने गर्छु । ‘सर, मेरो लागि एउटा ब्लग बनाइदिनु न’, ‘ब्लग कसरी बनाउँने दाई ?’, ‘सर, मलाई एउटा ब्लग खोलिदिनु न !’ आदि आदि । मैले सकेसम्म सिक्न खोज्नेलाई जानेसम्म सिकाएकै छु । आफुले जानेका कुराहरु सिकाउँन रमाइलो हुन्छ । फरक फरक मानिसहरु नै किन नहुन् तर एउटै… (1 comment)

फेसबुकमा क्यान्डी क्रसको रिक्वेस्ट र नोटिफिकेसन बन्द कसरी गर्ने ? (भिडियो सहित)
योसँग सम्बन्धित धेरै कुराहरु तपाईले अंग्रेजीमा सजिलै पाउँनु हुन्छ । तर जानकारीहरु नेपालीमै भइदिए भनेर चाहनु हुनेहरुका लागि यो लेख तयार पार्दैछु । योसँगै यो लेख लेख्न उक्साउने साथीहरु ति पनि हुन् जो बेला बेला फेसबुकमा ‘आइन्दा क्यान्डी क्रसको रिक्वेस्ट आयो भने सिधै ब्लक’, ‘क्यान्डी क्रसको रिक्वेस्ट पठाउँनेहरु नर्कमा जाउन्’ भन्ने किसिमका स्टाटस लेख्छन् ।… (0 comment)

होमपेजमा एक्सिर्प्ट्स/साराशं मात्र कसरी देखाउँने ?
ब्लग वा वेबसाइटको होमपेजमा पुरै लेख देखाउँनु भिजिटरमैत्रि हुन्न । लामा लामा लेखहरुले होमपेजको लम्बाइ बढाउँछन् । यसो हुँदा पहिलो त पाठकहरुलाई पहिलो देखि तलका पोस्टहरु हेर्न अनावश्यक स्क्रोल गर्दै जानु पर्ने हुन्छ भने यस्तो लामा लामा पोस्टहरुले वेबसाइटको लोडिङ समय बढाउँछन् । यसैले सकेसम्म होमपेजमा लेखको केहि भाग राखेर पुरा लेखका लागि सिंगल पोस्टमा… (0 comment)

वेबसाइटको नाम कसरी राख्ने ?
सोचे जस्तो वेबसाइटको नाम पाउँनु अब कम्ता अफ्ठ्यारो छैन । अंग्रेजी सजिला शब्दहरुका प्राय पहिले नै वेबसाइट बनिसकेका छन् या त कसैले पहिले किनेर बेच्न राखिसकेको छ । कति नामहरुको लागि त हजारौँ डलर तिर्नु पर्ने हुन सक्छ । हामीले सुरु गर्ने ब्लग तथा साइटहरु केहि हजार नेपाली बजेटका हुन्छन् सामान्यतया । यती बजेटमा ति… (1 comment)