युट्युबले नियम फेर्यो : अब के होला ?
सामग्री निर्माणकर्ता (Content Creator) हरुको सुरक्षाका लागि भन्दै आफ्नो पार्टनर प्रोग्रामको सुरक्षा बढाएको युट्युबले हिजो जनाएको छ । हिजोबाट नै लागू हुने भनिएको नयाँ नियम अनुसार युट्युबले १० हजार भन्दा बढि भ्यु भएका च्यानलहरुमा मात्रै आफ्नो विज्ञापन देखाउँने छ । उसले विज्ञप्तिमा प्रस्ट बताएको छ कि युट्युबको पार्टनर प्रोग्राममा सहभागी हुनका लागि १० हजार भ्युको… (0 comment)

ठुला कम्पनीहरु गुगलको विज्ञापन छोड्दै
आफ्नो विज्ञापनहरु गुगलले अपमानजनक तथा अनुपयुक्त स्थानमा देखाएको भन्दै केहि ठुला कम्पनीहरुले गुगलमा विज्ञापन दिन रोक लगाएका छन् । गुगलले आफ्नो विज्ञापन लिने प्लेटफर्म गुगल एडवर्डमा विज्ञापन लिएर युट्युबमा लगायत एडसेन्स मार्फत अन्य प्रकाशकहरुका वेबसाइट तथा एपहरुमा विज्ञापन गर्ने गर्दछ । युट्युबका समग्र भिडियो तथा सबै प्रकाशकहरुको सामग्री अध्ययन नगरी आफ्नो विज्ञापन जहाँ सुकै देखाएको… (0 comment)

युट्युबको सब्सक्राइबर गन्ने सिस्टम बिग्रिदा …
हिजो बुधबार एक्कासी युट्युबको सब्सक्राइबर गणनामा अनौठो नाटक देखियो । कतिपय युट्युब च्यानलहरुले अत्याधिक संख्यामा सब्सक्राइबर एकाएक गुमाए । खासगरि ठुला च्यानलहरुले हिजो केहि घण्टामा मात्रै हजारौँ सब्सक्राइबर गुमाए । कारण थियो, युट्युबको सब्सक्राइबर गणना गर्ने सिस्टम । एकाएक सब्सक्राइबरको संख्या ह्वात्तै घटे पछि युट्युबले पक्कै पनि सिस्टममा केहि फेरवदल गरेको आशकां गर्न थालियो ।… (0 comment)

रेमा १००० को मोबाइल एप ‘आ’ – छुट पाउँने राम्रो तरिका #नर्बेका_लागि_मात्रै
मोबाइल एप राख्नुस् र छुट पाउँनुस् भन्ने कुरा नयाँ होइन तर असाध्यै धेरै एपहरु भने विश्वासिला हुदैनन् । विज्ञापनका खेति गर्न बनाइएका त्यस्ता एपहरु राख्न र फ्याल्नको दुख भन्दा बढ्ता केहि हुदैनन् तर यहाँ म विश्वासिलो, आधिकारिक र प्रयोगका हिसाबले असाध्यै सजिलो एपका बारेमा कुरा गर्दैछु । यहाँ मैले लेख्न लागेको एउटा एपको बारेमा हो… (0 comment)

रायन एयरको ३५औँ बार्षिकोत्सव भन्दै फेसबुकमा फिसिङ । के हो फिसिङ ? कसरी बच्ने ?
रायन एयरले सित्तैमा टिकट दिदैछ भन्दै एकजना साथीले मलाई फोन नै गरेर छिट्टो बुक गरिहाल् नत्र सकिएला भने पछि मैले नि हतार हतार उसले दिएको लिंकमा क्लिक गरेँ । झट्ट हेर्दा साँच्चै नै रायन एयरको अफिसियल डोमेन हो कि जस्तो लागे पनि राम्ररी हेर्ने बित्तिकै यो फेक हो भन्ने थाहा भइहाल्ने रहेछ (के हो डोमेन… (0 comment)

फेसबुक न्युज फिडमा परिवर्तन, लाइक बढाएर वेबसाइट चलाउने दिन गए !!
फेसबुक प्रयोग गर्दै जाँदा साथीहरु थपिने र लाइक गरेका पेजहरु थपिने क्रम पनि बढ्दै जान्छ । तपाई दिनमा एक वा दुई घण्टा फेसबुक चलाउँनु हुन्छ भने तपाईले फेसबुकमा भएका धेरै कुराहरु देख्न छुटाउँनु भएको हुन्छ । न्युज फिडमा लगातार थपिइरहेका पोस्टहरुले पुराना पोस्टहरु छोपिदै जान्छन् भने कति त तपाईको न्युज फिडमा आइ पुग्न पनि सक्दैनन्… (1 comment)

२० उपयोगी वेबसाइटहरु, जसका बारेमा तपाईलाई थाहा नहुन सक्छ ।
‘जानकारीको बोझ’को बारेमा कति थाहा पाउँनु भएको छ ? थाहा नपाउँनु भएको छ भने पनि कुनै बिषय ‘गुगल’ गर्दा महसुस गर्नु भएको हुन सक्छ । कुनै बिषय ‘गुगल’ गर्नुस्, प्राप्त असंख्य नतिजाहरुको चाङबाट चाहिएको जानकारी झिक्ने चुनौतिले पटक पटक समस्या पार्छ । तलको फोटो नै हेर्नुहोस्, मैले nepali tech blog भनेर गुगल गर्दा आधा सेकेन्डभन्दा… (3 comments)

सबैभन्दा राम्रो दरमा आफ्नै कम्प्युटरबाट नेपालमा रकम पठाउँनुहोस्
यो लेख जानकारीका लागि लेख्दैछु । यसैले भुमिका बाँधिरहन आवश्यक नहोला । नत्र औपचारिकताका लागि भुमिका बाध्नै पर्दा म लेख्न सक्थेँ कि नेपाल रेमिट्यान्सले धानिएको देश हो । म थप लेख्न सक्थेँ कि झन्डै आधा करोड नेपालीहरु विदेशी भुमिमा रगत, पसिना बगाउँदैछन् र जेनतेन जोगाएको पैसा नेपाल पठाउँछन् । यसलाई थप पुष्टि गर्न अलिकति भावुकता… (0 comment)

वाइफाइको एलर्जी भएपछि सरकारले दियो क्षतिपुर्ति !
कुनै कुराको एलर्जी भएपछि त्यो कुराबाट बच्न के गर्नु पर्छ ? पक्कै पनि जुन वस्तुको एलर्जी भएको हो, त्योदेखि टाढा हुनु पर्छ । सकेसम्म त्यो वस्तुको सम्पर्कमा नजाने वा सम्पर्कमा आउँन नदिने । तर आँखाले देख्दै नदेखिने र आधुनिक समाजका लागि अत्यावश्यक वाइफाइकै एलर्जी भयो भने ? सकेसम्म सहने । सहन नसक्ने भयो भने झोलीतुम्बा… (0 comment)

फेसबुकको फोटो वास्तविक हो कि झुटो, कसरी थाहा पाउँने ?
कुनै अमुक लक्ष्यका साथ सम्पादन गरिएका अथवा फरक ठाउँ वा फरक समयको फोटोलाई सेयर गरेर नकारात्मक सन्देश फैलाउँनेहरुको बिगबिगी छ सामाजिक साइटहरुमा । नजानेर वा नियतवश सेयर गरिने यस्ता फोटोहरुले हेर्नेलाई मानसिक आघात पुर्याउँछ नै, सामाजिक सद्भाव खल्बल्याउँने डर पनि हुन्छ । एकपटक आफ्नो फेसबुकको टाइमलाइन विचार गर्नुस् त, मलेसियामा नेपालीहरुलाई यसो गरे भनेर हेरिनसक्नुकाे… (2 comments)