जान्नुहोस् – फेसबुकको पोस्टहरु पछि हेर्ने गरि सेभ गर्ने तरिका
आज एकजना दाईले फेसबुकमा सोध्नु भयो – “भाई, आज बिहानै एउटा गजबको जोक्स फेसबुकमा देखेको थिएँ । अहिले परिवारलाई सुनाम् भनेर खोजेको मरे भेटेको होइन । स्क्रोल गर्दा गर्दा हैरान भएँ । कुनै उपाय छैन फेरि भेट्टाउँने ? मैले कसले पोस्ट गरेको थियो भन्ने पनि बिर्सेछु ।” “या त नाम थाहा पाएर उसको प्रोफाइलमा गएर… (0 comment)

फेसबुकको फोटो वास्तविक हो कि झुटो, कसरी थाहा पाउँने ?
कुनै अमुक लक्ष्यका साथ सम्पादन गरिएका अथवा फरक ठाउँ वा फरक समयको फोटोलाई सेयर गरेर नकारात्मक सन्देश फैलाउँनेहरुको बिगबिगी छ सामाजिक साइटहरुमा । नजानेर वा नियतवश सेयर गरिने यस्ता फोटोहरुले हेर्नेलाई मानसिक आघात पुर्याउँछ नै, सामाजिक सद्भाव खल्बल्याउँने डर पनि हुन्छ । एकपटक आफ्नो फेसबुकको टाइमलाइन विचार गर्नुस् त, मलेसियामा नेपालीहरुलाई यसो गरे भनेर हेरिनसक्नुकाे… (2 comments)

फेसबुकमा क्यान्डी क्रसको रिक्वेस्ट र नोटिफिकेसन बन्द कसरी गर्ने ? (भिडियो सहित)
योसँग सम्बन्धित धेरै कुराहरु तपाईले अंग्रेजीमा सजिलै पाउँनु हुन्छ । तर जानकारीहरु नेपालीमै भइदिए भनेर चाहनु हुनेहरुका लागि यो लेख तयार पार्दैछु । योसँगै यो लेख लेख्न उक्साउने साथीहरु ति पनि हुन् जो बेला बेला फेसबुकमा ‘आइन्दा क्यान्डी क्रसको रिक्वेस्ट आयो भने सिधै ब्लक’, ‘क्यान्डी क्रसको रिक्वेस्ट पठाउँनेहरु नर्कमा जाउन्’ भन्ने किसिमका स्टाटस लेख्छन् ।… (0 comment)