२०१४ मा सर्वाधिक प्रयोग गरिएका २५ पासवर्डहरु
इन्टरनेट प्रयोगमा आएको धेरै भइसक्यो । विश्वभरमा इन्टरनेटको पहुँच र प्रयोगकर्ताको संख्या वनमा डढेलो लागे झै बढ्दो छ । तर अझै पनि असुरक्षित पासवर्ड प्रयोग गर्नेको संख्या निकै ठुलो छ । के नै हुन्छ र भन्ने सोचाइ तथा पासवर्डका कारणले ल्याउँन सक्ने समस्याको कम जानकारी अनि दह्रो पासवर्ड बनाउँने उपाय नजान्दा असुरक्षित पासवर्डहरु संसारभरका मानिसहरुले… (0 comment)

फेसबुकमा क्यान्डी क्रसको रिक्वेस्ट र नोटिफिकेसन बन्द कसरी गर्ने ? (भिडियो सहित)
योसँग सम्बन्धित धेरै कुराहरु तपाईले अंग्रेजीमा सजिलै पाउँनु हुन्छ । तर जानकारीहरु नेपालीमै भइदिए भनेर चाहनु हुनेहरुका लागि यो लेख तयार पार्दैछु । योसँगै यो लेख लेख्न उक्साउने साथीहरु ति पनि हुन् जो बेला बेला फेसबुकमा ‘आइन्दा क्यान्डी क्रसको रिक्वेस्ट आयो भने सिधै ब्लक’, ‘क्यान्डी क्रसको रिक्वेस्ट पठाउँनेहरु नर्कमा जाउन्’ भन्ने किसिमका स्टाटस लेख्छन् ।… (0 comment)

क्रोममा गुगल र जिमेल खुल्दैन ? यसो गर्नुस्
अनेक समस्याहरु आइपर्छन् कम्प्युटरमा । भर्खरै नयाँ गुगल क्रोम इन्स्टल गरेँ । अचम्म, क्रोममा सबै वेबसाइट खुल्छन् तर गुगल डट कम र जिमेल भने मरिगए खुल्दैन । यस्तो देखिन्छ । अरु ब्राउजरबाट भने मज्जाले गुगल खुलिरहेको थियो । रिस्टार्ट गरेपछि भने क्रोममै पनि खुल्यो गुगल र जिमेल । तर फेरि एकछिनमा नचल्ने । के चैँ… (0 comment)

नेपाल टेलिकमको एन्ड्रोइड एप, ब्यालेन्स राख्न र ट्रान्सफर गर्न सजिलो
नेपाल टेलिकमले प्रबिधिकै व्यापार गर्ने भएपनि कम्पनी आफै भने प्रबिधिबाट निकै टाढा भए झैँ देखिन्छ । केहि समय पहिलेमात्र ट्रायल फेसबुक पेज भनेर आफ्नो अफिसियल पेज खोलेको टेलिकमले आफ्नो दशौँ बार्षिकोत्सबको अवसरमा एन्ड्रोइड एप सार्वजनिक गरेको छ (टेलिकमको एन्ड्रोइड एप डाउनलोड गर्न क्लिक गर्नुहोस्) । टेलिकमको समाचार र अन्य गतिबिधीको अपडेटसँगै विशेष यसमा ब्यालेन्स भर्ने… (0 comment)

सित्तैमा डोमेन रजिस्टर गर्ने हो ? लौ यसरी गर्नुहोस्
रजिस्टर गर्नु भन्दा पहिले कृपया पुरै लेख राम्ररी पढ्नुहोला । हो, सित्तैमा डोमेन रजिस्टर गर्न सकिन्छ । तपाई ब्लग अथवा वेबसाइट बनाउँन चाहनु हुन्छ भने सबैभन्दा पहिले चाहिने भनेको डोमेन अर्थात वेबसाइट/ब्लगको नाम नै हो । तर सोचे जस्तो डोमेन नाम पाउँनु अब कम्ता अफ्ठ्यारो छैन । अंग्रेजी सजिला शब्दहरुका प्राय पहिले नै वेबसाइट बनिसकेका… (4 comments)

होमपेजमा एक्सिर्प्ट्स/साराशं मात्र कसरी देखाउँने ?
ब्लग वा वेबसाइटको होमपेजमा पुरै लेख देखाउँनु भिजिटरमैत्रि हुन्न । लामा लामा लेखहरुले होमपेजको लम्बाइ बढाउँछन् । यसो हुँदा पहिलो त पाठकहरुलाई पहिलो देखि तलका पोस्टहरु हेर्न अनावश्यक स्क्रोल गर्दै जानु पर्ने हुन्छ भने यस्तो लामा लामा पोस्टहरुले वेबसाइटको लोडिङ समय बढाउँछन् । यसैले सकेसम्म होमपेजमा लेखको केहि भाग राखेर पुरा लेखका लागि सिंगल पोस्टमा… (0 comment)

वर्डप्रेस ब्लग वा वेबसाइट होस्ट गर्न कुन हो सस्तो र राम्रो होस्टिङ ?
मेरो ५ बर्षे ब्लगिङ यात्रामा मैले होस्टिङका बारेमा जति ज्ञान लिएँ, आज यो ब्लगमा लेख्दैछु । यो यात्रामा मैले दर्जनौं वर्डप्रेस होस्टिङमा चलाएको छु । अधिकांश फ्रि होस्टिङ नै थिए । एउटा फ्रिहोस्टिङमा बल्ल बल्ल ब्लगमा कन्टेन्टहरु भरिन थाल्दै थियो, कारण नै नखुलाई मेरो ब्लग गायब भयो । हो, ब्लग त थियो तर सबै कन्टेन्टहरु… (1 comment)

आइफोन ढक्ढक्याउँदा खुल्छ म्याक कम्प्युटर
आफ्नो कम्प्युटरमा आफैलाई के को पासवर्ड नि । अरुले नचलाउन् भनेर पो राख्ने हो त पासवर्ड त, कि कसो ? तर प्रविधि न हो, के चिन्थ्यो ! आफ्नै हातलाई पनि पराइको हात जस्तो व्यवहार गर्दिने क्या =D । अनि हरेक पटक पासवर्ड हानेर बस्नु पर्ने । उस्तै बाठो मान्छे छेउमा पर्यो भने पासवर्ड थाहा पाउला… (2 comments)

ट्विट गरेर पनि पैसा कमाइन्छ
हुन त इन्टरनेटमा अनेक किसिमका स्पामहरु फैलिरहन्छन् । दुख नगरी पैसा आउँने बहानाहरु भन्दै तपाईको गोप्यता भंग हुने किसिमका एप्लिकेसन र वेबसाईटहरुमा लग इन गराउँछन् । फिसिङका बारेमा सुन्नु भएको छ कि छैन ? यसैले लोभ लाग्दा प्रलोभनहरु झट्ट विश्वास गरिहाल्न हुन्न । यसो भन्दैमा इन्टरनेटबाट पैसा कमाइदै कमाइदैन भन्ने चाँहि होइन । इन्टरनेटबाट पैसा… (0 comment)

किन किन्ने होस्टिङ ?
तपाईलाई लाग्न सक्छ, किन किन्ने होस्टिङ ? जब कि सित्तैमा ब्लग चलाउँन पाइने साइटहरु धेरै छन् । हो, वर्डप्रेस, ब्लगस्पट जस्ता साइटहरुबाट सित्तैमा ब्लग चलाउँन सकिन्छ । गुगल नै गर्ने हो भने पनि डोमेनमा तिनको नाम नघुसाई (सित्तैमा ब्लग बनाउँन पाइने साइटहरुमा ब्लग बनाउँदा आफ्नो डोमेनको बिचमा तिनको नाम राख्नै पर्ने हुन्छ । जस्तै: example.wordpress.com… (0 comment)