फेसबुकको फोटो वास्तविक हो कि झुटो, कसरी थाहा पाउँने ?
कुनै अमुक लक्ष्यका साथ सम्पादन गरिएका अथवा फरक ठाउँ वा फरक समयको फोटोलाई सेयर गरेर नकारात्मक सन्देश फैलाउँनेहरुको बिगबिगी छ सामाजिक साइटहरुमा । नजानेर वा नियतवश सेयर गरिने यस्ता फोटोहरुले हेर्नेलाई मानसिक आघात पुर्याउँछ नै, सामाजिक सद्भाव खल्बल्याउँने डर पनि हुन्छ । एकपटक आफ्नो फेसबुकको टाइमलाइन विचार गर्नुस् त, मलेसियामा नेपालीहरुलाई यसो गरे भनेर हेरिनसक्नुकाे… (2 comments)

होस्टग्याटरको होस्टिङमा ६० प्रतिशत छुट (Flash Sale)
होस्टग्याटरको ६० प्रतिशत छुट पाउँन यहाँ क्लिक गर्नुहोस् होस्टिङ सेवाहरु सामान्यतया महगों नै हुने गर्छ तर बेला बेलामा आउँने छुटहरुले होस्टिङहरु निकै सस्तो पनि पाउँन सकिन्छ । आज त्यस्तै छुटको अवसर छ । होस्टग्याटरले आज तिन घण्टाको लागि छुट ल्याएको छ । यो नेपाली समय अनुसार रातको १ बजेदेखि ४ बजेसम्म रहनेछ । होस्टग्याटरको होस्टिङ… (0 comment)

बजेट ०७२/०७३ मा सूचना प्रबिधि
पुर्वाग्रही हुनु राम्रो होइन तर विगतलाई नहेरी वर्तमानलाई मुल्याकंन गर्ने निरपेक्ष विधि थाहा छैन । यसपाली पेश भएको बजेटको मुल्याकंनमा पनि यो लागू भयो । कांग्रेस र एमालेको सरकार छ । र, अर्थमन्त्री छन् रामशरण महत । नेपालमा सबैभन्दा बढि पटक बजेट पेश गर्न पाउँने भाग्यमानी यीनै हुन् । यो पटकसम्म ८ पटक भइसक्यो यीनले… (0 comment)

दह्रो पासवर्ड बनाउँन यसो गर्नुस्, नेपाली टाइप गर्न जान्नेका लागि त झन् सजिलो
पहिले आफ्नो बानी लेखेर अरु कुरा सुरु गर्छु । बानी हो पासवर्डको । इन्टरनेटमा क्रेडिट कार्डको डिटेल र मोबाइल नम्बर नचाहिने वेबसाइटहरुमा सकभर साइन अप गरेर आफ्नो एकाउन्टबाट ति वेबसाइटहरु चलाउँने बानी छ मेरो । यसैले अनगिन्ती वेबसाइटमा अनगिन्ती पासवर्डहरु छन् मेरा । हुन त प्राय एउटै कम्प्युटरबाट उहि ब्राउजर चलाइने हुनाले पासवर्डहरु स्वत: सेभ… (0 comment)

सर, मलाई एउटा ब्लग खोलिदिनु न ! भन्नेहरुलाई जवाफ
म उही किसिमका म्यासेजहरु फेसबुकमा पटक पटक पाउँने गर्छु । ‘सर, मेरो लागि एउटा ब्लग बनाइदिनु न’, ‘ब्लग कसरी बनाउँने दाई ?’, ‘सर, मलाई एउटा ब्लग खोलिदिनु न !’ आदि आदि । मैले सकेसम्म सिक्न खोज्नेलाई जानेसम्म सिकाएकै छु । आफुले जानेका कुराहरु सिकाउँन रमाइलो हुन्छ । फरक फरक मानिसहरु नै किन नहुन् तर एउटै… (0 comment)

के मेरो कम्प्युटरमा विन्डोज १० डाउनलोड गर्न पाउँछु ?
कम्प्युटरहरुमा सर्वाधिक प्रयोग गरिने अपरेटिङ सिस्टम विन्डोजको अब आउँन लागेको संस्करणको नाम हो, विन्डोज १० । अहिलेसम्मको सबैभन्दा पछिल्लो संस्करण विन्डोज ८.१ हो तर विन्डोजका दुइ पछिल्ला संस्करणहरु विन्डोज ८ र ८.१ प्रयोगकर्ताले त्यति धेरै रुचाएनन् । बरु ति भन्दा अघिल्लो संस्करण विन्डोज ७ रुचाउँनेको संख्या निकै ठुलो छ । हुन त अझै पनि विन्डोजका… (0 comment)

इन्टरनेट बिना म्यासेज गर्न सकिने मोबाइल एप
हामी स्कुल पढ्दा मोबाइल के हो थाहा सम्म थिएन । तर साथीहरुबिच च्याटिङ नै नहुने भने हुन्थेन । हाम्रो स्कुले जीवनमा कागजका टुक्रामा लेखेर पेपर च्याटिङ गर्थ्यौँ । कागजमा लेख्दै एक अर्काले पास गर्दै पुर्याइन्थ्यो । अहिले हात हातमा मोबाइल भएपनि पेपर च्याटिङको जमाना सकि गएको भने छैन । हुन त, भाइबर, फेसबुक म्यासेज, स्नापच्याट… (0 comment)

२०१४ मा सर्वाधिक प्रयोग गरिएका २५ पासवर्डहरु
इन्टरनेट प्रयोगमा आएको धेरै भइसक्यो । विश्वभरमा इन्टरनेटको पहुँच र प्रयोगकर्ताको संख्या वनमा डढेलो लागे झै बढ्दो छ । तर अझै पनि असुरक्षित पासवर्ड प्रयोग गर्नेको संख्या निकै ठुलो छ । के नै हुन्छ र भन्ने सोचाइ तथा पासवर्डका कारणले ल्याउँन सक्ने समस्याको कम जानकारी अनि दह्रो पासवर्ड बनाउँने उपाय नजान्दा असुरक्षित पासवर्डहरु संसारभरका मानिसहरुले… (0 comment)

फेसबुकमा क्यान्डी क्रसको रिक्वेस्ट र नोटिफिकेसन बन्द कसरी गर्ने ? (भिडियो सहित)
योसँग सम्बन्धित धेरै कुराहरु तपाईले अंग्रेजीमा सजिलै पाउँनु हुन्छ । तर जानकारीहरु नेपालीमै भइदिए भनेर चाहनु हुनेहरुका लागि यो लेख तयार पार्दैछु । योसँगै यो लेख लेख्न उक्साउने साथीहरु ति पनि हुन् जो बेला बेला फेसबुकमा ‘आइन्दा क्यान्डी क्रसको रिक्वेस्ट आयो भने सिधै ब्लक’, ‘क्यान्डी क्रसको रिक्वेस्ट पठाउँनेहरु नर्कमा जाउन्’ भन्ने किसिमका स्टाटस लेख्छन् ।… (0 comment)

क्रोममा गुगल र जिमेल खुल्दैन ? यसो गर्नुस्
अनेक समस्याहरु आइपर्छन् कम्प्युटरमा । भर्खरै नयाँ गुगल क्रोम इन्स्टल गरेँ । अचम्म, क्रोममा सबै वेबसाइट खुल्छन् तर गुगल डट कम र जिमेल भने मरिगए खुल्दैन । यस्तो देखिन्छ । अरु ब्राउजरबाट भने मज्जाले गुगल खुलिरहेको थियो । रिस्टार्ट गरेपछि भने क्रोममै पनि खुल्यो गुगल र जिमेल । तर फेरि एकछिनमा नचल्ने । के चैँ… (0 comment)